२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१४ थान अवैध इलेक्ट्रिक स्कुटर प्रहरी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । प्रहरीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा भन्सार छली गरी अनधिकृत रूपमा नेपाल भित्र्याई सञ्चालन गरिरहेको रु. १३ लाख ६० हजार बराबरको १७ वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

नियन्त्रणमा लिइएका विद्युतीय स्कुटरबारे थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको छ ।

लागू औषधसहित पक्राउ
प्रहरीले सात ग्राम लागू औषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ गरेको छ । लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतीय नागरिक पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकस्थित सडक खण्डमा जितपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारलाई रोकी चेकजाँच गर्दा लागू औषध ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालक बस्ने सिटको माथिल्लो भागमा लुकाई छिपाई राखिएको प्लाष्टिकभित्र लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सात ग्राम फेला परेको प्रहरीले जनाएको छ । 

भोटेकोशी बाढी: पर्सामा सहयोग संकलन जारी
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि शिवम् बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ । सो संस्थाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु दुई लाख ५१ हजार बराबर सहयोग गरेको छ । सहकारीका सञ्चालक समिति अध्यक्ष शिवजीप्रसाद कलवारले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावितलाई सहयोग गरिएको जानकारी दिए ।

बाढी प्रभावित नागरिकका लागि ‘सहयोगी हात वीरगञ्ज’ले चामल, प्याकेट चिउरा, महिनावारी प्याड, कपडा,  टुथपेस्ट, लुगा धुने तथा नुहाउने साबुन, बिस्कुट र कम्बल गरी दुई लाख बराबरको भौतिक सामग्री सहयोग गरेको छ ।

यसअघि मेडिकल कलेजले संयुक्त रूपमा रु ७५ लाख, समाजसेवी नीरज सर्राफले दुई लाख ५१ हजार, साउथ जोन माध्यमिक विद्यालयले रु. एक लाख ५५ हजार ५५३ र निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) पर्साले रु. १५ लाख बराबरको सहयोग गरिसकेका छन् ।

0 Comments