१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज विश्व मुटु दिवस मनाइँदै

अ अ+ अ-

ललितपुर । आज विश्व मुटु दिवस । ‘कुनै पनि पल नछुटाउनुहोस्’ भन्ने नाराका साथ आज संसारभर विश्व मुटु दिवस मनाइँदै छ ।

विश्व हृदय महासंघ र विश्व स्वास्थ्य संगठनले सन् १९९९ देखि सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने घोषणा गरेपछि मुटु दिवस मनाउन थालिएको हो । सहरीकरण, अव्यवस्थित खानपान, जीवनशैलीमा आएको परिवर्तनले गर्दा मुटुसम्बन्धी विभिन्न जटिलता देखिएको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् ।

विश्व स्वास्थ्य स.गठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको सङ्ख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान गरेको छ । विश्व मुटु महासंघका अनुसार मुटुको रोगबाट विश्वभर एक करोड ७५ लाखको ज्यान जाने गरेको छ ।

नेपाललगायतका विकासोन्मुख देशमा हृदयघात भएर मर्नेको सङ्ख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान छ । नेपालमा अहिले २५ प्रतिशत अर्थात् झन्डै ७५ लाख नागरिक कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छन् ।

मुटु रोगीको सङ्ख्या नेपालमा १० वर्षयता पाँच गुणाले बढेको छ । दश वर्ष अघिसम्म ५० वर्ष नाघेपछि मुटुसम्बन्धी समस्या देखिने गरेकामा अहिले युवा अवस्थामै मुटुसम्बन्धी समस्या देखिन थालेको विभिन्न तथ्यांकमा उल्लेख छ ।

वरिष्ठ कार्डियोथोरासिक (मुटु) सर्जन, प्राध्यापक डाक्टर भगवान् कोइरालाका अनुसार मुटुरोग तथा अन्य नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि जनचेतना, नियमित स्वास्थ्य परीक्षण, धुमपान तथा मदिरापान नियन्त्रण र दैनिक व्यायामलाई जीवनशैलीको अभिन्न हिस्सा बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

नेपालमा मुटुरोगको उपचार सेवा विस्तार भए पनि रोगको जोखिम बढिरहेकाले उपचारसँगै रोकथाममा विशेष ध्यान दिनुपर्ने बताउँदै उनले जनचेतनामूलक अभियान र स्वास्थ्यसम्बन्धी हस्तक्षेपले धेरै मानिसलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने धारणा राखे ।

धुमपानले शरीरका विभिन्न अङ्गमा गम्भीर असर गर्ने उल्लेख गर्दै धुमपान त्याग्नु, खानपानमा सचेत हुनु र नियमित व्यायाम गर्नु स्वस्थ तथा दीर्घ जीवनका लागि आवश्यक रहेको छ । नियमित व्यायामले तौल, रक्तचाप र मधुमेह नियन्त्रणमा सहयोग पुग्नका साथै तनाव तथा मानसिक स्वास्थ्य व्यवस्थापन, स्मरण शक्ति र शारीरिक सक्रियता सुधार गर्नसमेत योगदान पुर्‍याउने उनको भनाइ थियो ।

छातीको बीच भागमा गह्रौँ वस्तुले थिचेजस्तो दुखाइ हुनु, दुखाइ बायाँ हाततर्फ सर्नु, चिटचिट पसिना आउनु तथा वाकवाकी र बान्ता हुनु हृदयाघातका प्रमुख संकेत हुनसक्ने डाक्टरहरूको भनाइ छ ।

हृदयघात हुँदा पेटको बीच भागमा अत्यधिक दुखाइ, डर लाग्ने, मुटुको धड्कन बढेको महसुस हुने तथा अचानक असहजता देखिन सक्ने बताइएको छ ।

हृदयाघातको जोखिम घटाउन धूम्रपान नगर्ने, मदिरा सेवनबाट बच्ने, कोलेस्ट्रोल, रक्तचाप र मधुमेह नियन्त्रणमा राख्ने तथा शरीरको तौल सन्तुलित राख्नुपर्ने सुझाव चिकित्सकहरूले दिएका छन् ।

त्यस्तै फलफूल र सागसब्जी समावेश भएको खानेकुरा खाने, मानसिक तनाव र रिस व्यवस्थापन गर्ने, वायु प्रदूषणको सम्पर्क सकेसम्म कम गर्ने र नियमित शारीरिक गतिविधि गर्ने बानीले मुटु स्वस्थ राख्न सहयोग पुग्ने बताइएको छ ।

0 Comments