१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

अ अ+ अ-

किन्शासा । लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । पछिल्ला केही सातायता विभिन्न स्वास्थ्य क्षेत्रमा नयाँ संक्रमित फेला नपरेको जनाइएको छ। यद्यपि, संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ ।

कंगोका स्वास्थ्य मन्त्री रोजर काम्बाले शुक्रबार राजधानी किन्शासामा आयोजित पत्रकार सम्मेलनमा इबोला संक्रमण अहिले प्रान्तभर फैलिएको अवस्थाबाट केही सीमित स्वास्थ्य क्षेत्रमा केन्द्रित हुँदै गएको जानकारी दिए । 

शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार सातवटा प्रान्तमा फैलिएको संक्रमणका क्रममा हालसम्म ८ हजार ३ सय संक्रमितको पुष्टि भएको छ भने ४ हजार १८ जनाले ज्यान गुमाएका छन् । यसअनुसार संक्रमितमध्ये मृत्यु हुनेको दर ४८ दशमलव ४ प्रतिशत रहेको छ । हालसम्म दुई हजार १ सय ६२ जना बिरामी उपचारपछि स्वस्थ भएका छन् ।

प्रकोप सुरु भएयता सातवटा प्रान्तका ६३ स्वास्थ्य क्षेत्रमा संक्रमण देखिएको थियो। तीमध्ये १२ स्वास्थ्य क्षेत्रमा पछिल्ला ४२ दिनदेखि नयाँ संक्रमित फेला परेका छैनन् । स्वास्थ्य मन्त्री काम्बाका अनुसार संक्रमणको अवस्था विभिन्न क्षेत्रमा फरक भए पनि पछिल्लो समय संक्रमित फेला पर्ने स्वास्थ्य क्षेत्रको संख्या क्रमशः घटिरहेको छ ।

यसैबीच, अन्तर्राष्ट्रिय चिकित्सा सहायता संस्था सीमा विनाका चिकित्सकहरूले आधिकारिक तथ्यांकभन्दा वास्तविक संक्रमित तथा मृतकको संख्या अझ बढी हुन सक्ने जनाएको छ । रोगको निगरानी तथा संक्रमितको पहिचानमा देखिएका चुनौतीका कारण केही घटना आधिकारिक तथ्यांकमा समेटिन नसकेको हुन सक्ने संस्थाको भनाइ छ ।

मे महिनामा घोषणा गरिएको यो संक्रमण लोकतान्त्रिक गणतन्त्र कंगोमा अहिलेसम्म देखिएको सबैभन्दा ठूलो र गम्भीर इबोला प्रकोप बनेको छ । विश्वव्यापी रूपमा भने सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपपछि यो दोस्रो ठूलो प्रकोप भएको जनाइएको छ ।

0 Comments