२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धता पत्र जारी

अ अ+ अ-

खोटाङ । दसैँ-तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ खोटाङमा सात बुँदे प्रतिबद्धता पत्र जारी गरिएको छ ।

जिल्ला सुरक्षा समिति खोटाङले सोमबार दिक्तेलस्थित जिल्ला प्रशासन कार्यालयमा आयोजना गरेको सर्वदलीय/सर्वपक्षीय भेलामा सहभागी सरोकारवाला निकाय तथा राजनीतिक दलले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङले आसन्न चाडपर्वलाई लक्षित गरेर जिल्लामा सुरक्षा व्यवस्थालाई कडाइका साथ पालना गर्ने प्रतिबद्धता जनाएको छ । जिल्लाभित्र गस्तीको दर बढाउने, आपराधिक गतिविधि हुनसक्ने स्थानको सूक्ष्म निगरानी गर्ने तथा सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाउनेछ ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले बजार क्षेत्रमा यातायात जोखिम न्यूनीकरणका लागि ट्राफिक नियमलाई कडाइका साथ पालना गर्ने/गराउने प्रतिबद्धता जनाएको छ । बजार क्षेत्र तथा यात्रुको बढी भिडभाड हुने ठाउँमा नियमित गस्ती गर्ने, यात्रुलाई सूचनामूलक सन्देश प्रवाह गर्ने, चालकले मादक पदार्थ वा लागू पदार्थ सेवन गरे/नगरेको जाँच गर्नेछ ।

सर्वपक्षीय भेलामा जिल्लास्थित सबै राजनीतिक दलले शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने/गराउने प्रतिबद्धता जनाएका छन् । चाडपर्वका समयमा जिल्लामा भए/गरेका आपराधिक घटनाका बारेमा सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालय खोटाङलाई आधिकारिक सूचना उपलब्ध गराउने र रचनात्मक सल्लाह प्रदान गर्ने छन् ।

खोटाङ उद्योग वाणिज्य संघले उपभोक्ताका आधारभूत अधिकार सुनिश्चित गर्न वस्तु तथा सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्ने/गराउने विश्वास दिलाएको छ । भेलामा नेपाल पत्रकार महासंघ खोटाङ एवं जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीले यातायात व्यवसायी, यात्रु तथा उपभोक्ताको कर्तव्य र अधिकारसम्बन्धी सूचना सम्प्रेषण गर्ने/गराउने प्रतिबद्धता जनाएका छन् ।

होटेल व्यवसायी संघ खोटाङले आधारभूत मापदण्डको अनिवार्य पालना गर्दै यात्रु तथा उपभोक्तालाई गुणस्तरीय एवं उचित मूल्यमा खाना तथा बासको व्यवस्था मिलाउने छन् । जिल्लामा सञ्चालित होटेल सञ्चालकले खाना तथा बासको आफूखुसी मूल्य राख्ने र उपभोक्तालाई ठगी गरेको गुनासो आएपछि त्यसलाई न्यूनीकरण गर्न होटेल व्यवसायी संघ प्रतिबद्ध भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ खोटाङ तथा जिल्लास्थित विभिन्न यातायात व्यवसायी संघले सुरक्षित र मर्यादित यातायात सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

चालक तथा सहचालकलाई शिष्ट र मर्यादित व्यवहारका लागि प्रशिक्षण दिने, यात्रुलाई अनिवार्य टिकट दिने र चलान गर्ने, चालक तथा सहचालकले मादक पदार्थ सेवन नगर्ने/नगराउने, तोकिएको स्थानबाट मात्र यात्रु चढाउने र ओराल्ने प्रतिबद्धता जनाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी गणेशकुमार गुरुङको कार्यकक्षमा आयोजित भेलामा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, यातायात तथा होटेल व्यवसायी, पत्रकारलगायतको उपस्थिति थियो । सर्वपक्षीय भेलाले चाडपर्वका अवसरमा शान्ति सुरक्षा कायम गर्न जिल्लास्थित १० वटै स्थानीय तहसँग समन्वय गर्ने निर्णय गरेको छ ।

0 Comments