२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

अ अ+ अ-

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना भएका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी कार्यालय प्रमुख एवं जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईँका अनुसार जिल्लामा सबैभन्दा धेरै कावासोती नगरपालिकामा १७४ वटा सर्पदंशका घटना भएका छन् ।

गत साउन र भदौमा भएका घटनामध्ये विनयी त्रिवेणी गाउँपालिकामा ८३, देवचुली नगरपालिकामा १०, बौदिकाली गाउँपालिकामा ८ तथा बुलिङटार गाउँपालिकामा दुई जना सर्पले डसेर बिरामी भएका प्रमुख चापागाईँले बताए । अत्याधिक गर्मी र बर्खायाम साउन र भदौमा तुलनात्मक सर्पदंशका घटना बढी हुने गरेको छ ।

जिल्लाको मध्यविन्दु प्रादेशिक अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा सर्पदंशका बिरामीको उपचार हुने गरेको छ । सर्पदंशका बिरामीमध्ये आइसियु (सघन उपचार कक्ष) आवश्यक पर्ने बिरामीलाई चितवन पठाइने गरेको छ । अन्य बिरामीको उपचार भने जिल्लाका स्वास्थ्य संस्थाहरूमा हुने गरेको छ ।

उनले भने, “जिल्लामा गोमन, करेत, भाइपर, राजगोमन प्रजातिका विषालु सर्प पाइन्छ ।” त्यस्तै साउन र भदौमा जनावरको टोकाइबाट दुई हजार ७७ जना मानिस घाइते भएका छन् । प्रमुख चापागाईँका अनुसार जिल्लामा कुकुर, बिरालो, बाँदर, स्याललगायतका जनावरले टोकेर मानिस घाइते भएका हुन् । त्यसमध्ये कावासोती नगरपालिकामा मात्रै एक हजार ५५१ जनालाई जनावरले टोकेको चापागाईँले जानकारी दिए ।

त्यस्तै, देवचुली नगरपालिकामा ३१२, विनयी त्रिवेणी गाउँपालिकामा १६४, गैँडाकोट नगरपालिकामा २९, बुलिङटार गाउँपालिकामा १२, बौदिकाली गाउँपालिकामा पाँच तथा मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा दुई/दुई जनालाई जनावरले टोकेको प्रदेश जनस्वास्थ्य कार्यालयबाट थाहा भएको छ ।

जिल्लामा बर्सेनि १० हजार बढी सर्वसाधारण जनावरको टोकाइबाट घाइते हुने गरेका चापागाईँले बताए । रेबिजविरुद्धको सुई जिल्लामा पर्याप्त रहेकाले जनावरको टोकाइबाट घाइते बिरामीलाई उपचारमा सहज भएको अस्पतालको भनाइ छ ।

0 Comments