७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शैक्षिक बेरोजगारलाई स्वरोजगार बनाउँदै कनकाई नगरपालिका

अ+ अ-

कनकाई । झापाको कनकाई नगरपालिकाले सञ्चालन गरेको ‘शिक्षासँगै रोजगार’ कार्यक्रमले शैक्षिक बेरोजगार युवालाई स्वरोजगार बनाउने भएको छ ।

नगरपालिकाले गत वर्षदेखि सङ्कलन गरेको बेरोजगारहरुको सूचीलाई अन्तिम रुप दिन आजदेखि काम शुरु गरेको छ । स्थानीय साथै जिल्ला बाहिरका समेत शैक्षिक बेरोजगार युवा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को साझेदारीमा सञ्चालित कनकाई पोलिटेक्निक इन्ष्टिच्युटमा भर्ना हुन पाउने छन् । हाल सो प्राविधिक विद्यालयमा झापा र छिमेकी इलाम, पाँचथर, ताप्लेजुङ, मोरङलगायत जिल्लाका विद्यार्थी अध्ययनरत छन् ।

स्थानीय सरकारको सञ्चालनमा रहेको कनकाई –७ दुर्गापुरमा एक वर्षअघि मात्र स्थापित प्राविधिक शिक्षातर्फ डिप्लोमा इन सिभिल इञ्जिनीयर, डिप्लोमा इन आइटी इञ्जिनीयर र डिप्लोमा इन जोमेट्रिक इञ्जिनीयर विषयमा अध्ययनअध्यापन हुँदै आएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए ।

आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै कोरोना कहरका बीचमा पनि समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउने वर्तमान सरकारको सपनालाई साकार पार्ने उद्देश्यका साथ यतिबेला स्थानीय सरकार नयाँ योजनाका साथ अघि बढेको नगरपालिकाका प्रमुख पोखरेलको भनाइ छ ।

शिक्षासँगै रोजगारी शुरुआत गरेको नगरपालिकाले सञ्चालन गरेको प्राविधिक शिक्षालयमा पहिलो वर्ष अध्ययन प्रारम्भ गरेका ४५ विद्यार्थीमध्ये धेरै हाल स्वरोजगार भइसकेको बताइएको छ ।

बाँकी केही विद्यार्थीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउने गरी कनकाई नगर क्षेत्रका १२ हजार घरधुरीमा परिचयपत्र प्रदान र लगत सङ्कलनको विवरण भर्ने जिम्मेवारी प्रदान गरिएको छ । नगरपालिकाले सो कार्यका लागि चालु आर्थिक वर्षमा रु ५० लाखसमेत विनियोजन गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस