काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।
१३ कात्तिकमा दाहालसहित उनका परिवार र घरमा बस्ने ७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि होम आइसोलेसनमा बसेका दाहालको रिपोर्ट बुधबार नेगेटिभ आएको हो ।







