काठमाडौँ । ललितपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
धोबीघाटमा पैदल हिँडिरहेका काभ्रे घर भई धोबीघाट बस्ने २७ वर्षीय गोपीकृष्ण खनाललाई बा ०२०२० प २३६१ नम्बरको मोटरसाइकलले मंगलबार साँझ साढे ६ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका खनालको गएराति साढे १० बजे स्टार अस्पताल सानेपामा मृत्यु भएको हो ।
मोटरसाइकल चालक प्रहरी प्रभाग सानेपाको नियन्त्रणमा छन् ।







