काठमाडौँ । प्रहरीले शनिबार साँझ साढे ६ बजे रौतहट गौर नगरपालिका-४ बाट दुई जनालाई १२ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको छ।
प्रहरी टोलीले सो ठाउँमा भारतबाट आउनेमाथि चेक गर्ने क्रममा दुई जनामाथि शंका गरेका थिए। भारत विहारको सितामढी बस्ने ४० वर्षीय ललन कुमार र २३ वर्षीय रोहित जैसवाललाई शंका लागेर प्रहरीले चेक गरेको थियो।
उनीहरूले बोकेको झोलाबाट स्रोत नखुलेको ६/६ लाख रुपैया बरामद गरेको हो। उनीहरू दुवै जनालई थप अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौरमा आइतबार बुझाएको छ।







