२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाउडर प्लान्टको शिलान्याससँगै सडकमा दूध पोख्नुपर्ने अवस्थाको अन्त्य हुन्छ : मुख्यमन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले किसानले उत्पादन गरेको दूध सडकमा पोख्नुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन् ।

प्रदेश दुग्ध विकास बोर्डले सञ्चालन गर्न लागेको दुग्ध पाउडर प्लान्टको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

‘अब सडकमा दूध पोख्नुपर्ने किसानको बाध्यता हट्नेछ’ मुख्यमन्त्री पौडेलले भने, ‘प्रदेश सरकार किसानका पक्षमा काम गर्छ’

प्रदेश सरकार किसानका पक्षमा काम गर्न तयार रहेको बताउँदै उनले किसानले उत्पादन गरेको तरकारी निर्यातका लागि हेटौँडा ११ थानाभर्‍याङमा कृषि सुपर मार्केट निर्माण गर्न लागिएकोसमेत बताएका छन् ।

प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पाउडर प्लान्ट स्थापनापछि बागमती प्रदेशसँगै अन्य चार वटा प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर पाउडर बनाउन सकिने बताएका छन् । यसबाट रोजगारी सिर्जनासँगै पशुपालन व्यवसायसमेत फस्टाउने मन्त्री लामाको भनाई थियो ।

तीन वर्षभित्र पूर्ण सञ्चालनमा ल्याउने गरी निर्माण गर्न लागिएको पाउडर प्लान्ट स्थापनाका लागि ४१ करोड २२ लाख ७१ हजार पाँच सय १२ रुपैयाँ ५९ पैशा सम्झौता रकम रहेको उक्त प्लान्टको लागत अनुमान ४५ करोड १२ लाख ७० हजार दुई सय ८५ रुपैयाँ ९१ पैशा रहेको छ । उक्त प्लान्टको निर्माण कम्पनीमा ईजी इन्फ्रा प्रा.लि. रहेको छ । निर्माण कम्पनीले २०७८ मंसिर २९ गतेभित्र प्लान्ट निर्माण कार्य सम्पन्न गर्नुपर्ने छ ।

डीडीसीले लिएको ८ बिगाहा मध्ये २ बिघामा प्लान्ट निर्माण गरिन लागेको हो । सङ्घीय कृषि मन्त्रालय मातहत रहेको जग्गा डीडीसीले २५ वर्षका लागिएको लिजमा लिएको थियो । प्लान्टबाट दैनिक १५ सय मेट्रिक टन पाउडर उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

शिलान्यास कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर मतिना वैद्य जोशी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष नारायण प्रसाद देवकोटा लगायतको उपस्थिति रहेको थियो ।