काठमाडौँ । काठमाडौँ उपत्यकामा भिषण हावाहुरी आएको छ ।
विहीवार राती उपत्यका लगायत देशका विभिन्न भूभागहरुमा हावाहुरी चलेको छ । ठूलो हूरीका कारण जस्ता पाताले छाएका घरहरुमा असर गरेको छ ।
प्रि-मनसुन गतिविधि सक्रिय भएसँगै हावाहुरी शुरु भएको हो ।
दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
एक अविच्छिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी
भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी
जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई
सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो प्रशासन डटकम अनलाइन
पत्रिका ।