२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्बन्धविच्छेदपछि विश्वकै दोस्रो धनी महिला बन्दै मेलिन्डा

अ+ अ-

एजेन्सी । बिल गेट्ससँगको सम्बन्धविच्छेदपश्चात मेलिन्डा गेट्स विश्वकै दोस्रो धनी महिला बन्ने भएकी छन् ।

वासिङ्टनस्थित किङ काउन्टी उच्च अदालतमा दायर गरेको निवेदनमा उनले विश्वका धनीहरुमध्येका एक माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्ससँगको आफ्नो वैवाहिक सम्बन्ध अप्रत्याशित रुपमा तोडिएको भन्दै उनको सम्पत्तिको आधा हिस्सा माग गरेकी हुन् । अदालतले उक्त निवेदनको पक्षमा फैसला गरे मेलिन्डा विश्वको दोस्रो धनी महिला बन्नेछिन् ।

उनले बिल गेट्सको कुल सम्पत्ति १४६ बिलियन डलरको आधा ७३ बिलियन डलर पाउनेछिन् । विश्वको सबैभन्दा धनी महिला फ्रेङ्कोइस बेटेनकोर्ट मायर्सको सम्पत्ति ८३ बिलियन डलर रहेको छ ।

वासिङ्टनको कानुनअनुसार पनि सम्बन्ध विच्छेद गर्ने दम्पतीले सम्पत्ति बराबर भाग लगाउनुपर्ने हुन्छ । उनीहरूले विवाहपूर्व ’प्रिनेप्सल एग्रिमेन्ट’ (सम्पत्तिको स्वामित्वसम्बन्धी सम्झौता)मा हस्ताक्षर नगरेकाले पनि मेलिन्डाको पक्षमा फैसला हुने बताइएको छ । ब्लुमवर्ग बिलिनियर इन्डेक्सका अनुसार बिल गेट्स विश्वका धनीहरूको सूचीको चौथो स्थानमा छन् ।

बिल गेट्सले आफ्नो सम्पत्तिबाट ४० बिलियन डलर विल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनलाई दान गरेका छन् । यो फाउन्डेसनले विश्वका गरिब देशहरूमा शिक्षा, स्वास्थ्य र लैङ्गिक समानताका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । उनले आफूहरूले फरक यात्रा तय गरे पनि फाउन्डेसनको परोपकारी काममा भने सहकार्य गरिरहने बताएका छन् ।