२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बोलपत्रको नयाँ नमुना सार्वजनिक

अ+ अ-

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यलयले ठूला तथा जटिल प्राविधिक क्षमता आवश्यक पर्ने आयोजनको खरिदमा एकरुपता ल्याउन बोलपत्रको नयाँ नमुना सार्वजनिक गरेको छ । इन्जिनियरिङ प्रक्युरमेन्ट कन्स्ट्रेक्सन(ईपीसी) माध्यमबाट हुने खरिद प्रणालीमा एकरूपता कायम गर्न सार्वजनिक खरिद ऐन, २०६३ र ईपीसी माध्यमबाट खरिद गर्नेसम्बन्धी निर्देशिका, २०७८ अनुसार यस्तो बोलपत्रको नमुना तयार पारिएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यलयका अनुसार उक्त नमुना बोलपत्र शुक्रवार नै कार्यालयको वेबसाइटमा राखिएको छ । ठूला तथा जटिल प्रकृतिका आयोजना निर्माणका क्रममा हुने विवादहरुलाई व्यवस्थित गर्न कानुनी रूपमा बोलपत्रको नयाँ नमुना सार्वजनिक गरिएको हो।

यही वैशाख १९ गते बसेको मन्त्रिपरिषद् बैठकले ईपीसी माध्यमबाट खरिद गर्नेसम्बन्धी निर्देशिका स्वीकृत गरेको हो । निर्देशिकामा सार्वजनिक निकायले ठूला र जटिल प्राविधिक क्षमता आवश्यक पर्ने आयोजना ईपीसी माध्यमबाट खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । आयोजनाको योग्यताको आधार, मूल्याङ्कन र छनोटका आधार, ड्रइङ तथा डिजाइन, गुणस्तर नियन्त्रण तथा गुणस्तरको सुनिश्चितता, भुक्तानीको व्यवस्था, वारेन्टी, मर्मत सम्भार एवं सञ्चालन व्यवस्थालगायतका विषय ईपीसीमा समेटिएको छ । सुरुङ मार्ग, पुल, रङ्गशाला, विमानस्थलको धावनमार्गजस्ता जटिल र जोखिम प्रकृतिका निर्माणलगायतका आयोजनामा ईपीसी माध्यमबाट प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था गरिएको छ ।

विभिन्न आयोजनाको खरिद प्रक्रिया विवादास्पद बनेपछि संसदीय समितिले समेत तुरुन्त निर्देशिका जारी गर्न कार्यालयलाई निर्देशन दिएको थियो । समितिको निर्देशनबमोजिम नै निर्देशिका तयार पारिएको हो ।

यसअघि मूल्य वृद्धि भएको अवस्थामा पनि मूल्य वृद्धिको रकम सरकारले तिर्नुपर्ने अवस्था रहेको थियो । निर्देशिकामा मूल्य वृद्धिको जोखिम पनि निर्माण व्यवसायीले लिनुपर्ने व्यवस्था गरिएको छ ।