१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एशियाको उत्कृष्ट बैंकको उपाधि एनएमबी बैंकलाई

अ+ अ-

काठमाडौँ । संस्थागत सुशासन, दिगो विकासमा योगदान, ‘डिजिटल’ प्रविधिको उपयोग गर्दैनवीनतम सेवा प्रवाह र उत्पादन गरेबापत एनएमबी बैंक एशियाको उत्कृष्ट बैंक बन्न सफल भएको छ ।

बेलायतको लण्डनबाट प्रकाशन हुने प्रसिद्ध समाचारपत्र ‘द बैंकर’को निर्णायक मण्डलले एनएमबीलाई ‘द बैंक अफ द इयर २०२१’ प्रदान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रधानमन्त्री निवासमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष पवनकुमार गोल्यान, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र सञ्चालक समितिका सदस्यलाई सामूहिकरूपमा उक्त सम्मान हस्तान्तरण गरे।

सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकको बैंक तथा वित्तीय क्षेत्रको विकासका साथै हरित उद्यम प्रवर्द्धनमा योगदान गरेबापत विश्व प्रसिद्ध सम्मान प्राप्त गरी नेपालको ‘बैंकिङ’ इतिहासमा नयाँ अध्याय प्रारम्भ गरेकामा बैंकमा आबद्ध सबैप्रति बधाई ज्ञापन गरे । राष्ट्रको अर्थतन्त्र उजिल्याउन थप मेहनतका साथ काम गर्न पनि उनले बैंक व्यवस्थापनलाई सुझाव दिए ।

यसैबीच, आजै अपराह्न यहाँ आयोजित कार्यक्रममा अध्यक्ष गोल्यानले कृषि क्षेत्रको व्यावसायिकीकरण, पर्यटनको दिगो विकास, जलविद्युत्लगायत स्वच्छ ऊर्जाको प्रवर्द्धनबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै देशको आर्थिक उन्नयनलाई केन्द्रमा राखेर एनएमबी बैंकले काम गरिरहेको जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत केसीले हालै स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा प्रधानमन्त्री देउवाले कार्बन उत्सर्जनलाई शून्यमा झार्ने, हरित, उत्थानशील एवं दिगो विकासमा लाग्न व्यक्त गरेको प्रतिबद्धतामा सहायक भएर अघि बढ्न एनएमबी बैंक प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस