२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टि-२० विश्व कप : आयरल्याण्डलाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनलमा

अ+ अ-

काठमाडौँ । आइसिसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा न्युजिल्याण्डले तेस्रो जित निकालेको छ ।

अस्ट्रेलियाको एडिलेटमा शुक्रबार आयरल्याण्डलाई ३५ रनले हराउँदै न्युजिल्याण्डले तेस्रो जित निकालेको हो ।यस जितसँगै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । न्युजिल्याण्डले दिएको १ सय ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

आयरल्याण्डका लागि पाउल स्ट्रर्लिङले सर्वाधिक ३७ रन जोडे । कप्तान एन्डी बलब्रिनीले ३० तथा जर्ज डोक्रेलले २३ रन बनाए । लोर्कान टुकर १३ र ग्यारेथ डिलानेले १० रन बनाए । न्युजिल्याण्डका लक्की फर्गुसनले ३ विकेट लिए । मिचेल स्टानर, टिम साउथी र इश सोधीले २र२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ६१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै फिन ललनले ३२ तथा ड्रायल मिचेलले अविजित ३१ रन बनाए ।

डेभोन कोन्वेले २८ रन बनाउँदा ग्लेन फिलिप्सले १७ रन जोडे । आयरल्याण्डका जोस लिटलले ह्याट्रिक विकेट लिए । उनले १९ औँ ओभरको दोस्रो बलमा विलियम्सन, तेस्रो बलमा जेम्स निशम र चौथो बलमा मिचेल सान्टनरलाई आउट गर्दै ह्याट्रिक पूरा गरे ।

ग्यारेथ डिलानेले २ विकेट लिए । जितसँगै न्युजिल्याण्डले ५ खेलबाट ७ अङ्क जोडेको छ । न्युजिल्याण्ड समूह १ को शीर्ष स्थानमा रहेको छ । आयरल्याण्ड ५ खेलमा ३ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ ।