२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इसेवा र केड कम्पनीबीच भुक्तानी सम्झौता

अ+ अ-

काठमाडौँ । भुक्तानी सेवा प्रदायक इसेवा र फेसन ब्राण्ड उत्पादक कम्पनी केड कम्पनीबीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ।

सम्झौता पत्रमा ई सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र केडका तर्फबाट प्रबन्ध निर्देशक दिप्रिना शाक्यले हस्ताक्षर गरेका छन्।

उक्त समझदारी पश्चात् भुक्तानी एकीकरण गरिने र ई सेवाका ग्राहकहरूले केडका सामान खरिद गर्दा वेब चेक आउट र एपबाट सजिलैसँग भुक्तानी गर्न सक्ने छन्।

ई सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले ई सेवाका लाखौँ ग्राहकहरूले केडका गुणस्तरीय सामान खरिद गर्दा सहज तरिकाले भुक्तानी गर्न सकिने बताए।

त्यस्तै केडकी प्रबन्ध निर्देशक दिप्रिना शाक्यले सम्झौताले ई सेवाका ग्राहकहरूलाई केडका सामान किन्दा भुक्तानी गर्न सहजता मात्र नभई केड र इसेवा बीच रणनीति साझेदारीको ढोका पनि खोलेको धारणा व्यक्त गरिन्।

हाल ई सेवाको सेवा एन्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७० लाख ग्राहकले सेवा लिइरहेका छन्।

यसैगरी देशभर रहेका एक लाख ८५ हजार बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रूपमा करिब डेढ करोड जनसङ्ख्याले सेवा लिइरहेका छन्।

ई सेवाबाट इन्सुरेन्स प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ।

गुण समूहद्वारा स्थापित र प्रवर्द्धित केड कम्पनीले विगत पाँच महिनादेखि केड ब्रान्डका फेशन प्रडक्ट उत्पादन गर्दै आएको छ। दरबार मार्गको दरबार मलको पहिलो तल्लामा अवस्थित केडले छोटो समयमै ग्राहको मन जित्न सफल भएको छ।