२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादी प्रेस सङ्गठनले असोजभित्र सातै प्रदेश भेला गर्ने

अ+ अ-

काठमाडौँ । समाजवादी प्रेस सङ्गठनले आगामी असोजभित्र सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ । सङ्गठनको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निर्धारित समयमा ती भेला सम्पन्न गरी सङ्गठनको संरचना र सामर्थ्य विस्तार गर्ने निर्णय गरेको हो ।

बैठकले आमसञ्चार क्षेत्रलाई थप मर्यादित र व्यावसायिक बनाउन, श्रमजीवी पत्रकारका पारिश्रमिक वृद्धि गर्न तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्न एवं श्रमजीवी पत्रकारको विभिन्न सञ्चार गृहमा पारिश्रमिक भुक्तानीमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।  

बैठकले सङ्गठन सुदृढीकरणका सन्दर्भमा आइपर्ने विभिन्न समस्या निरूपण गर्न, केही रिक्त पदमा भूगोल, प्रदेशको सन्तुलन मिलाएर केही सदस्यलाई जिम्मेवारी तोक्न, आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठकलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

अब बस्ने पदाधिकारी बैठकले सङ्गठनको आवश्यक विभाग गठन, सल्लाहकार समिति निर्माण, विभागलाई पूर्णता प्रदान गर्ने छ । सङ्गठन सुदृढीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्य योजना, समसामयिक परिस्थितिबारे बैठकमा छलफल गरिएको उपमहासचिव प्रेम गौतमले जानकारी दिए ।

बैठकमा साङ्गठनिक प्रतिवेदनलगायत मातहतका कमिटीले सम्बन्धित भूगोलमा भए गरेका कार्य प्रगतिको समीक्षा गर्दै सङ्गठनको नीति, विधानमा छलफल गरिएको थियो । सङ्गठनले आज स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने तथा विभिन्न पुरस्कारको घोषणा गर्ने भएको छ ।