२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टी-२० विश्वकप खेल्ने २० राष्ट्र तय, युगान्डा पहिलो पटक विश्वकपमा

अ+ अ-

काठमाडौँ । आगामी वर्ष वेस्टइन्डिज र अमेरिकामा हुने टी-२० विश्वकप क्रिकेटमा सहभागी हुने सबै टिमको तय भएको छ।

बिहीबार भएको अन्तिम चरणको अफ्रिकी छनोटमा युगान्डाले पहिलो पटक विश्वकपमा स्थान बनाउँदा टेस्ट अनुभवी राष्ट्र जिम्बाब्वे भने विश्वकपमा छनोट हुन असफल भयो। अफ्रिकी छनोटमा नामिबिया र युगान्डाले टी-२० विश्वकपको टिकट पक्का गरेका हुन्।

नामिबियामा जारी आइसिसी टी-२० विश्वकप अफ्रिका छनोटमा युगान्डाले रुवान्डालाई ९ विकेटले हराउँदै शीर्ष दुईमा रहेर २०२४ को टी-२० विश्वकपमा स्थान पक्का गरेको हो।

युगान्डा सिनियर स्तरको पहिलो पटक विश्वकपमा पुगेको हो। यू-१९ टोलीले तीन पटक विश्वकप खेले पनि सिनियर टोली भने छनोट हुन सकेको थिएन। जितको लागि ६६ रनको सामान्य लक्ष्य पाएको युगान्डाले ८.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

अफ्रिका छनोटबाट एक खेल अगावै लगातार ५ जितका साथ नामिबिया विश्वकपमा पुगेको थियो। युगान्डा ६ मध्ये ५ खेलमा जित निकाल्दै १० अङ्कका साथ दोस्रो स्थानमा रहँदै विश्वकपमा पुग्दा जिम्बावे र केन्या भने प्रतियोगिताबाट बाहिरिए।

एसियाबाट २०२४ को टी-२० विश्वकप खेल्ने २० राष्ट्रमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान, ओमान छन् भने युरोपबाट इंग्ल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड, आयरल्यान्ड छन् ।

यस्तै इस्ट एसिया प्यासिफिकबाट अस्ट्रेलिया, न्युजिल्यान्ड, पपुवा न्यु गिनी, अमेरिकाबाट-वेस्ट इन्डिज, युएसए, क्यानडा र अफ्रिकाबाट-दक्षिण अफ्रिका, नामिबिया र युगान्डा रहेका छन् ।