२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजियाटा कम्पनी म्यानमारबाट पनि बाहिरियो 

अ+ अ-

काठमाडौँ । मलेसियाको टेलिकम अपरेटर कम्पनी आजियाटा ग्रुपले म्यानमारको टेलिकममा रहेको लगानी बेचेर बाहिरिने घोषणा गरेको छ ।

आजियाटाले ‘एडोटको म्यानमार’मा रहेको १५० मिलियन डलरमा सम्पूर्ण टेलको टावरको स्वामित्व बेचेर बाहिरिने घोषणा गरेको‘द विजनेशन टाइम्स’ ले उल्लेख गरेको छ ।

हाल गृहयुद्धकोबीचमा रहेको म्यानमारबाट आजियाटाले आफ्नो ८७.५ प्रतिशत सेयर बेचेर बाहिरिन लागेको उल्लेख गरिएको छ । तर, उक्त सेयर खरिदकर्ताको नाम भने खुलाइएको छैन ।

आजियाटाले म्यानमारको बिग्रिँदो अर्थतन्त्र सञ्चालनको अप्ठ्यारोका कारण म्यानमार छोड्न लागेको उल्लेख गरेको छ ।

सन् २०१५ मा आजियाटाको एडोटको समूहले म्यानमार टावर कम्पनीमा हिस्सेदारी लिँदै म्यानमारमा प्रवेश गरेको थियो । त्यतिबेला म्यानमार इन्टरप्राइजको मूल्य २२१ मिलियन अमेरिकी डलर रहेको थियो ।

आजियाटाले आजभन्दा ९ वर्षअघि २२१ मिलियन डलर मूल्य रहेको सबै अप्रेसनहरू १५० मिलियन डलरमा बेचेर बाहिरिन लागेको हो । यसका साथै गत सन् २०२२ मा पनि कतारी टेलिकम समूह ‘ओरेडू’ ले म्यानमारको व्यवसाय बेचेर बाहिरिएको थियो ।

सन् २०२१ मा भएको सैन्य विद्रोहले म्यानमारलाई राजनीतिक र मानवीय सङ्कटमा डुबाएको छ । जसको प्रभाव म्यानमारको अर्थतन्त्रमा पनि देखिन लागेको छ ।