२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

अ+ अ-

धरान (सुनसरी) । धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको मन्दिर संरक्षणको अभावमा जीर्ण भएको छ ।

तत्कालीन पाँचकन्या गाउँ विकास समितिको क्षेत्राधिकारमा रहेको यो मन्दिर सङ्घीयता कार्यान्वयनसँगै धरान उपमहानगरमा गाभिए पनि यसको संरक्षणमा कसैले चासो देखाएका छैनन् । 

मन्दिरका पुजारी विदुर भण्डारीका अनुसार प्राचीन विजयपुर राज्यको निशानका रूपमा मन्दिर स्थापना भएको हो । मन्दिर व्यवस्थापन समितिले संरक्षणमा सहयोग गर्ने समाजसेवीको खोजी गरिरहेको छ । धरानका व्यवसायी अशोक अग्रवालले निशानदेवी मन्दिरको संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

कोशी प्रदेशको धरान मन्दिरहरूको सहरका रूपमा पनि परिचित छ । धरान उपमहानगरपालिका क्षेत्रभित्र बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, विष्णुपादुका, पञ्चकन्या मन्दिर, विश्वकर्मा मन्दिर, शनि मन्दिर छन् । यहाँ शिव मन्दिर, राम मन्दिर, कृष्ण मन्दिर, ‘इस्कोन’ मन्दिर, वैष्णव मन्दिर, बालाजी मन्दिर, बालगोपाल मन्दिर पनि छन् । धरान बजारभन्दा अलि टाढा रहेको निशानदेवी मन्दिर भने संरक्षणको अभावमा जीर्ण बनेको छ ।

निशानदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम बुढाथोकीले आर्थिक अभावमा मन्दिरको संरक्षण कठिन भएको बताउँदै स्थानीय निकाय र भक्तजनमा सहायताका निम्ति आग्रह गरेका छन् । मन्दिरको अविलम्ब जीर्णोद्धार गर्नुपर्ने भएकाले सामाजिक सङ्घसंस्थालाई उनले भौतिक एवं आर्थिक सहयोग गर्न आह्वान गरेका छन् ।