काठमाडौँ । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । सुनको तोलामा १ लाख ४२ हजार ३ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन १ लाख ४२ हजार रुपैयाँमा सुन कारोबार भएको थियो । सुनको भाउ जेठ २५ गते हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन १८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।