काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा एक सयले घटेर १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार कायम भएको छ । यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७१५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो चाँदीको मूल्य तोलामा १ हजार ७२० रुपैयाँ कायम भएको थियो ।