- नेपाल प्रशासन सेवा, नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, नेपाल इन्जिनियरिङ सेवा सिभिल समूह जनरल उपसमूह, विविध सेवा तथा यी अन्तर्गतका समूह तथा उपसमूहहरुको संचालन,
- संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरुको न्यूनतम शैक्षिक योग्यता सम्बन्धी नीति, कानून र मापदण्ड सम्बन्धी कार्य,
- निजामती सेवाका सबै पद तथा पदाधिकारीहरुको लागि कार्य विवरण तयारी तथा अद्यावधिक,
- संघीय निजामती कर्मचारीहरुको अन्तर मन्त्रालय सरुवा,
- संघीय निजामती कर्मचारीहरुको पुरस्कार र दण्ड सम्वन्धी कार्य,
- कानूनी राय/परामर्श, आदेश तथा फैसला कार्यान्वयन सम्बन्धी कार्य,
- बढुवा समितिको सचिवालय सम्वन्धी कार्य,
- संघीय निजामती कर्मचारी प्रशासनको केन्द्रीय कर्मचारी निकाय सम्बन्धी कार्य,
- प्रशासकीय अभिलेख र तथ्यांक सम्बन्धी कार्य,
- आर्थिक प्रशासन तथा वेरुजु सम्बन्धी कार्य,
- आन्तरिक तथा जिन्सी व्यवस्थापन सम्बन्धी कार्य,
- नेपाल सरकारका अस्थायी र आवधिक प्रकृतिका आयोजनाहरुको अस्थायी दरवन्दी स्वीकृती सम्बन्धी कार्य,
- देहायका आयोग, समिति, प्रतिष्ठान, विभाग तथा निकायको सम्पर्क महाशाखाको रुपमा कार्य गर्ने:
- प्रशासकीय अदालत
- निजामती कितावखाना
- अन्य महाशाखामा उल्लेख नभएका तथा तोकिए बमोजिमका अन्य कार्य ।
योजना तथा विकास सहायता समन्वय महाशाखाको कार्य विवरण देहाय बमोजिम रहेको छ ।
- स्थानीय पूर्वाधार विकास सम्बन्धी नीति, कानून, मापदण्ड, प्रविधि विकास र अनुसन्धान सम्बन्धी कार्य,
- फोहरमैला व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, समन्वय र सहजिकरण सम्बन्धी कार्य,
- स्थानीय तहका पदाधिकारी र कर्मचारीहरुको वैदेशिक भ्रमण सम्बन्धी नीति, कानून र मापदण्ड निर्धारण र समन्वय सम्बन्धी कार्य,
- मन्त्रालयसँग सम्बन्धित राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय सम्बन्धी कार्य,
- योजना तथा अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी नीति, कानून, योजना तथा कार्यक्रम निर्माण तथा समन्वय,
- संघीय मामिला सम्बन्धी अन्तर्राष्ट्रिय संघ, संस्था र सञ्जालसँगको समन्वय सम्बन्धी कार्य,
- मन्त्रालय एवं अन्तर्गत निकायको लागि आवधिक तथा रणनैतिक योजना, मध्यमकालीन खर्च संरचना तथा वार्षिक बजेट र कार्यक्रम सम्बन्धी कार्य,
- स्थानीय तहको आवधिक, बार्षिक, रणनैतिक तथा अन्य विकास योजना सम्बन्धी कार्यमा समन्वय तथा सहजीकरण सम्बन्धी कार्य,
- संघ, प्रदेश र स्थानीय तहबीचको योजना प्रणालीबीच समन्वय र तादाम्यता सम्बन्धी कार्य,
- नेपाल सरकारबाट स्थानीय तहलाई प्रदान गरिने अनुदान सम्बन्धमा समन्वय सम्बन्धी कार्य,
- अन्तर सरकारी वित्तिय सम्बन्ध सुदृढीकरणमा समन्वय तथा स्थानीय सरकारको वित्तिय ढाँचा निर्माणको नमुना विकास सम्बन्धी कार्य,
- अन्तर-स्थानीय तह विकास योजना, परियोजना र कार्यक्रमको समन्वय र सहजीकरण सम्बन्धी कार्य,
- स्थानीय तहको योजना प्रणालीमा विषयगत मन्त्रालयसँगको सम्पर्क, सहयोग तथा समन्वय सम्बन्धी कार्य,
- विकास सहायता नीति अन्तर्गत स्थानीय तहमा अन्तर्राष्ट्रिय सहयोग परिचालनमा समन्वय र सहजीकरण सम्बन्धी कार्य,
- स्थानीय तहको अन्य मुलुकका स्थानीय तहसँगको भगिनी सम्बन्ध विस्तार सम्बन्धी कार्य,
- विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र र पिछडिएको क्षेत्रको विकास व्यवस्थापन सम्बन्धी कार्य,
- स्थानीय तहको वस्तुगत विवरण, योजनागत तथ्यांक, प्रगति समीक्षा र प्रतिवेदन सम्बन्धी कार्यको अभिलेखिकरण र समन्वय सम्बन्धी कार्य,
- अनुगमन तथा मूल्याङ्कन सम्बन्धी नीति, कानून, मापदण्ड र कार्यक्रम तर्जुमा एवम् कार्यान्वयनमा समन्वय सम्बन्धी कार्य,
- अनुगमन तथा मूल्याङ्कनका सूचकहरूको आधारमा कार्यक्रम र आयोजनाको नियमित अनुगमन एवं मूल्याङ्कन सम्बन्धी कार्य,
- आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न मन्त्रालयस्तरीय समस्या समाधान समिति सम्बन्धी कार्य,
- स्थानीय स्तरमा वातावरण व्यवस्थापन र दिगो विकास सम्बन्धी नीति, कानून, कार्यक्रम तथा प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकनमा समन्वय सम्बन्धी कार्य,
- भूउपयोग र वस्ती विकास योजना कार्यान्वयनमा समन्वय सम्बन्धी कार्य,
- स्थानीय तहमा विपद् व्यवस्थापन तथा जलवायु अनुकुलन सम्बन्धी नीति तथा कार्यक्रमको सहजीकरण, समन्वय तथा अनुगमन र मूल्यांकन सम्बन्धी कार्य,
- स्थानीय तहमा विपद् पूर्व सूचना केन्द्र स्थापनामा सहयोग र अन्तरनिकाय समन्वय सम्बन्धी कार्य,
- वारुणयन्त्र तथा अग्नि नियन्त्रण सम्बन्धी कार्यमा समन्वय तथा सहजीकरण सम्बन्धी कार्य,
- स्थानीय तहमा भवनसंहिता तथा भवनसम्बन्धी मापदण्ड कार्यान्वयनमा समन्वय सम्बन्धी कार्य,
- देहायका आयोग, समिति, प्रतिष्ठान, विभाग तथा निकायको सम्पर्क महाशाखाको रुपमा कार्य गर्ने:
- राष्ट्रिय योजना आयोग,
- स्थानीय पूर्वाधार व्यवस्थापन विभाग
- सडक वोर्ड नेपाल
- लगानी वोर्ड नेपाल
- नगर विकास कोष
- तोकिए बमोजिमका अन्य कार्यहरू ।
क्षमता विकास महाशाखाको कार्य विवरण देहाय बमोजिम रहेको छ ः
- सार्वजनिक पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकास सम्बन्धी नीति, मापदण्ड, योजना, कार्यक्रम, पाठ्यक्रम तर्जुमा, कार्यान्वयन र समन्वय सम्बन्धी कार्य,
- स्थानीय तहको संस्थागत सृदृढीकरण तथा सशक्तिकरण सम्बन्धी कार्य,
- स्थानीय तहको जनशक्ति विकास नीति, योजना तथा कार्यान्वयन सम्बन्धी कार्य,
- विकासका बहुआयामिक र अन्तरसम्बन्धित विषयहरुको कार्यान्वयनमा क्षमता विकास सम्बन्धी कार्य,
- स्थानीय तहको न्यायिक समितिको क्षमता विकास सम्बन्धी कार्य,
- स्थानीय तहको क्षमता विकास सम्बन्धी कार्यमा विषयगत मन्त्रालयसँगको सम्पर्क, सहयोग तथा समन्वय सम्बन्धी कार्य,
- स्थानीय तहको क्षमता विकास सम्बन्धमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानसंगको समन्वय र सहकार्य सम्बन्धी कार्य,
- सूचना, अभिलेख तथा विद्युत्तीय शासन सम्बन्धी नीति, कानून, योजना, कार्यक्रम तथा समन्वय सम्बन्धी कार्य,
- सूचना संकलन, संग्रह, अभिलेख र प्रकाशन सम्बन्धी कार्य,
- मन्त्रालय तथा स्थानीय तहमा आधुनिक सूचना प्रविधिको विकास र उपयोग सम्बन्धी कार्य,
- सुशासन प्रवर्द्दन तथा उजुरी व्यवस्थापन सम्बन्धी कार्य,
- स्थानीय आर्थिक विकासमा सहयोग तथा सहजीकरण सम्बन्धी कार्य,
- स्थानीय स्रोत परिचालन सम्बन्धी नीतिगत अध्ययन अनुसन्धान तथा विश्लेषण सम्बन्धी कार्य,
- स्थानीय तहका राजश्व परिचालन क्षमतामा लेखाजोखा र सुधार सम्बन्धी कार्य,
- संघीय प्रणाली सम्बन्धी श्रोत केन्द्र स्थापना र सञ्चालन सम्बन्धी कार्य,
- देहायका आयोग, समिति, प्रतिष्ठान, विभाग तथा निकायको सम्पर्क महाशाखाको रुपमा कार्य गर्ने:
- संघीय संसद
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
- राष्ट्रिय मानवअधिकार आयोग,
- राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग,
- राष्ट्रिय सूचना आयोग,
- राष्ट्रिय सतर्कता केन्द्र
- स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान
- प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम
- तोकिए बमोजिमका अन्य कार्य ।
प्रशासन सुधार तथा जनशक्ति विकास महाशाखाको कार्य विवरण देहाय बमोजिम रहेको छ :
- राष्ट्रिय निजामती सेवा नीति सम्बन्धी कार्य,
- संघीय निजामती तथा अन्य संघीय सरकारी सेवाका निवृत्तिभरण लगायत अवकाशजन्य सुविधासम्बन्धी नीति, कानून र मापदण्ड र व्यवस्थापन सम्बन्धी कार्य,
- सार्वजनिक सेवा प्रवाह सम्बन्धी नीति, कानून र मापदण्ड सम्बन्धी कार्य,
- प्रशासनिक सुधार सम्बन्धी नीति, योजना, समायोजन र समन्वय सम्बन्धी कार्य,
- कर्मचारी कल्याण सम्बन्धी नीति, कानून र मापदण्ड सम्बन्धी कार्य,
- व्यवस्थापन परीक्षण सम्बन्धी नीति, योजना तथा कार्यक्रम संचालन र समन्वय,
- प्रशासन सुधार सम्बन्धी अध्ययन, अनुसन्धान तथा नीति तर्जुमा र कार्यान्वयन
- संघीय निजामती तथा अन्य सरकारी सेवाको तालिमसम्बन्धी नीति, कानून र मापदण्ड सम्बन्धमा अध्ययन, अनुसन्धान र विकास सम्बन्धी कार्य,
- स्वदेशी तथा विदेशी अध्ययन, अवलोकन भ्रमण तथा तालीम सम्बन्धी कार्य,
- नेपाल सरकारको नीति र कार्यक्रमको सफल कार्यान्वयनका लागि आवश्कता अनुसार प्रशासकीय व्यवस्थापन र कार्यविधिमा पुनरावलोकन,
- संघीय निजामती कर्मचारीको सेवा, सुविधा तथा प्रोत्साहन सम्बन्धी कार्य,
- राष्ट्रसेवक कर्मचारी संवद्ध संघ संस्था सम्बन्धी कार्य गर्ने
- देहायका आयोग, समिति, प्रतिष्ठान, विभाग तथा निकायको सम्पर्क महाशाखाको रुपमा कार्य गर्ने:
- नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
- निजामती अस्पताल
- कर्मचारी तालिम प्रतिष्ठान