काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतवार शोक बिदा दिने भएको छ ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरले शोक बिदा दिने निर्णय गरिएको हो ।
लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका डंगोलको गए राति निधन भएको थियो। सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो।
