१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

अ+ अ-

काठमाडौँ । स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनका महासचिव जुराब पोलोलिकाश्विली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।  

म्याड्रिडस्थित युएन पर्यटन मुख्यालयमा मंगलबार आयोजित औपचारिक समारोहमा राजदूत नेपालले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै नेपालको तर्फबाट शुभकामना सन्देशसमेत हस्तान्तरण गरेका छन् । 

प्रमाणपत्र प्रस्तुतिपछि भएको वार्तामा राजदूत नेपालले नेपाल सरकारका परराष्ट्रमन्त्रीको तर्फबाट महासचिव पोलोलिकाश्विलीलाई शुभकामना सन्देश प्रस्तुत गर्दै  उपयुक्त समयमा नेपाल भ्रमणको निम्तो दिएका छन् । 

सो अवसरमा महासचिव पोलोलिकाश्विलीले अन्तरराष्ट्रिय पर्यटक आगमनमा नेपालले महामारीपछिको पूर्ण सुधार हासिल गरेकामा बधाई दिँदै नेपालको प्रयासको सराहना गरे । उनले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान र विश्व पर्यटनमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको नेपाली दूतावासले जनाएको छ । 

राजदूत नेपालले नेपालले पर्यटनको विविधीकरणमा दिएको प्राथमिकताजस्तै अध्यात्मिक र सांस्कृतिक सम्पदा तथा जैविक विविधताको प्रवर्द्धनबारे जानकारी दिँदै भविष्यमा युएन पर्यटनका उच्चस्तरीय सम्मेलनहरू नेपालमा आयोजना गर्न प्रस्ताव गरेका छन् । 

भेटमा नेपाल र युएन टुरिजमबीच सहकार्य विस्तारका विविध सम्भावनाहरूबारे पनि छलफल भएको थियो । महासचिव पोलोलिकाश्विलीले प्रभावकारी संवाद र सहकार्यमार्फत दुवै पक्षबीचको सम्बन्ध अझ बलियो बनाउनेमा जोड दिएको नेपाली दूतावासले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस