२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज नेपालले स्कटल्याण्डसँग खेल्दै

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आजदेखि आइसिसी एक दिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिज खेल्दै छ ।

सिरिजको पहिलो खेलमा आज नेपाल र आयोजक स्कटल्याण्ड आमने सामने हुँदै छन् । यो खेल नेपाली समय अनुसार अपराह्न ३:४५ बजेदेखि शुरु हुदैछ ।

नेपाल र स्कटल्याण्डले अहिलेसम्म ८ एक दिवसीय खेल खेलेका छन् । जसमा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ । त्यस्तै एक खेलको कुनै नतिजा आएको छैन ।

स्कटल्यान्डसहित नेपाल र नेदरल्याण्डसले यो सिरिज खेल्दै छन् । नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग भोलीदेखि देखि १० सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी(२०आई सिरिज खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ । लिग-२ को अंक तालिकामा नेपाल पुछारमा रहेको छ ।

अहिलेसम्म १२ खेल खेलेको नेपालको ६ अंक मात्र रहेको छ । नेपालले अन्य सात देशले भन्दा कम खेल पनि खेलेको छ ।हाल अंक तालिकामा अमेरिका शिर्ष स्थानमा रहेको छ । अमेरिकाको २० खेलमा २८ अंक छ । त्यस्तै यो सिरिज खेल्न लागेको नेदरल्याण्डसको २० खेलमा २६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी स्कटल्याण्डको १६ खेलमा २० अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । नेपालले यसअघि खेलेका १२ खेलमा केवल २ खेल जितेको छ भने ८ खेलमा हार बेहोरेको छ । त्यस्तै २ खेलको नतिजा आएको थिएन ।अंक तालिकामा पुछारमा रहेकोले नेपाल जित्नै पर्ने दबाबमा रहेको छ । नेपालले इङल्याण्ड र स्कटल्याण्डमा अभ्यास खेल खेलेर कन्डिसनमा आफूलाई ढाल्ने प्रयास गरेको छ ।