२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमै पहिलो पटक ट्रान्सजेन्डर व्यक्तिको लिंग परिवर्तन गरियो  

अ+ अ-

काठमाडौँ । नेपालमा पहिलो पटक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलो चोटि सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको छ ।

प्लास्टिक, रिकन्स्ट्रक्टिभ तथा एस्थेटिक सर्जरी विभागले २०८२ साल जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको विशेष सर्जिकल क्याम्पमा अनुहार, स्तन तथा जननेन्द्रिय सम्बन्धी विभिन्न शल्यक्रियाहरू सम्पन्न भएको थियो ।

‘जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरिएको हो,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विदेशी विशेषज्ञ प्लास्टिक सर्जन डा. अलिरेजा हामिदियन जारोमीको नेतृत्वमा तथा विभागीय प्रमुख प्रा.डा. जयन मान श्रेष्ठको संयोजकत्वमा उक्त अप्रेशन सम्पन्न भएको थियो । शल्यक्रिया टोलीमा डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. समीत शर्मा, डा. विकेश राजभण्डारी, डा. हिमालय निरौला तथा रेजिडेन्ट डाक्टर डा. अनुप थापा, डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा, डा. अस्विनको सक्रिय सहभागिता थियो ।

शल्यक्रियामा एनेस्थेसिया सेवा डा. मेघा कोइराला तथा डा. पंकज जोशीको नेतृत्वको टीमले सहयोग गरेका थिए ।