२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वभरका पशुको कल्याणका लागि महायज्ञ गर्न ओडिसाका पण्डित पशुपतिमा

अ+ अ-

काठमाडौँ । विश्वभरका सबै पशुलाई पशुपतिनाथले कल्याण गरुन् भन्ने कामनासहित पशुपति क्षेत्रमा राम कथा महायज्ञ सञ्चालन भइरहेको छ । 

पशुपतिनाथले विश्वभरका सबै पशुको कल्याण गर्ने भन्दै भारतको ओडिसास्थित विश्व सनातन ट्रष्टले पशुपति क्षेत्रमा आएर राम कथाको आयोजना गरिरहेको हो । 

पशुपति क्षेत्रमा आएर महायज्ञ गर्दा पशुपतिनाथबाट विश्वभरका पशुको उन्नति हुने भन्दै गत आइतबारदेखि राम कथा महायज्ञ सुरु भएको हो ।

महायज्ञ गर्न भारतका विभिन्न स्थानबाट करिब दुई सयजना भक्तजन काठमाडौँमा आएका छन् । पशुपति क्षेत्रस्थित नेपाल-भारत मैत्री पशुपति धर्मशालामा पण्डित काशीनाथ मिश्रले राम कथा वाचन गरिरहेका छन् । यो महायज्ञ आगामी शनिबारसम्म सञ्चालन हुने ट्रष्टले जनाएको छ । यसबाट धार्मिक पर्यटन प्रवर्द्धन भएको कथास्थलमा भेटिएकी मनीषा निरौलाले बताइन् । 

महायज्ञमा दैनिक करिब पाँच सयजना सहभागी हुने गरेका छन् । दिउँसो ३:०० बजेदेखि बेलुकी ७:०० बजेसम्म कथा वाचन भइरहेको छ । ट्रष्टले सनातन धर्म, संस्कृतिको संरक्षणका लागि नेपाल, भारत, अमेरिका, क्यानडा, बेलायतलगायत देशमा यस्तो यज्ञ आयोजना गरिरहेको ट्रष्टका अध्यक्षसमेत रहेका पण्डित मिश्रले बताए।