२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुमेको विपना

अ+ अ-

खुलेन आकाश
फलेन फल
कोइली गाउँन छोडी
हरायो वसन्त
जून घाम उदास देखिए
आकाश खुले पछि ।

उनी र म एउटै डुंगामा सवार थियौं
उनी दाहिने म देब्रे थिए
हाम्रो तिलस्मी संयोगको
माझीहरू साक्षी थिए
जब डुंगा किनार लाग्यो
म उत्तर हानिएँ
उनी दक्षिण हानिइन्
आँखाहरू बोली रहे
मुटुको धड्कन बढी रह्यो ।

गन्तव्य आ–आफ्नै थियो
उनी म तिर हेर्थिन्
म उनी तिर हेर्थे
दूरौ दूर सम्मको हाम्रो हिँडाइ
कुइनेटोले छेके पछि
म सुस्ताएँ
उनी पनि सुस्ताइन सायद
कुइनेटोको फेदमा बसी ।

मिलन नहुँदै
बिछोडिएका हामी
प्रेमाङकुर हुनै नपाई
तुषारोले कक्रिएको बुकी फूल जस्तै
कठाङ्ग्रिएर
अल्पायुमै मृत घोषित भए पछि
समयले शङ्ख फुक्छ
म निर्निमेष टोलाउँछु
मलाई कालो बादलले छोप्छ
म विपरीत दिशामा गतिहीन हुन्छु ।

म भुल्ने छु उनीसँगको सामित्यता
भुल्ने छु म डुंगा यात्रा
फरक होला उनको र मेरो जीवन कथा
फरक होला जीवन शैली
उनी ओरालो झर्छिन्
म उकालो चढ्छु
उनी हाँसेर बाँच्छिन्
म रोएर बाँच्छु ।

उनीसँग जीवनको परिभाषा होला या नहोला
म जीवनको परिभाषा खोज्छु
उनी संघर्षबाट भाग्लिन् या नभाग्लिन्
म जीवनलाई संघर्षको मैदान ठान्छु ।

मलाई फूल मन पर्छ
म फूलकै कविता लेख्छु
मलाई जून मन पर्छ
म जूनकै गीत गाउँछु
अप्राप्य वस्तुको खोजी नगरेकै राम्रो
व्यर्थै क्लान्त बन्छ मन
म सपनाको खेती गर्दिन
विपना सबै गुमाएर ।

सुन्दरहरैंचा –६, दुलारी, मोरङ