२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगर महानगरद्वारा फुटपाथ अतिक्रमण नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्ने तयारी

अ+ अ-

काठमाडौँ। विराटनगर महानगरपालिकाले बजार क्षेत्रका फुटपाथमा देखिएको अव्यवस्थित अतिक्रमण नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्ने भएको छ। सडक पेटीको व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित महानगरले कडाइका साथ नियम कार्यान्वयन गर्ने निर्णय गरेको हो।

सरोकारवाला निकायहरूसँग भएको समन्वय बैठकले आगामी वैशाख ११ गतेदेखि मुख्य बजार क्षेत्र तथा आसपासका क्षेत्रमा फुटपाथ व्यवस्थापनसम्बन्धी नियम कडाइका साथ लागू गर्ने निर्णय गरेको छ। अभियान कार्यान्वयनअघि दुई दिनसम्म माइकिङमार्फत व्यवसायी तथा सर्वसाधारणलाई जानकारी र सचेतना प्रदान गरिने महानगरले जनाएको छ।

मेयर नागेश कोइरालाको उपस्थितिमा सम्पन्न बैठकले सडक पेटीमा हुने अनियमित व्यापार, पसलका सामग्री बाहिर राख्ने प्रवृत्ति तथा त्यसबाट उत्पन्न ट्राफिक अवरोधलाई नियन्त्रण गर्ने रणनीति तय गरेको हो।

नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार अब पसलको सटर बाहिर कुनै पनि सामान राख्न अनुमति नहुने व्यवस्था लागू हुनेछ। साथै निर्माण सामग्री सडक पेटीमा राख्न निषेध गरिने, मोटरसाइकल ग्यारेजका सामग्री बाहिर राख्न नपाइने तथा कवाडी व्यवसाय सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

नियम उल्लंघन गर्नेहरू विरुद्ध तत्काल कारबाही प्रक्रिया अघि बढाइने महानगरले स्पष्ट पारेको छ।

यसैबीच, ठेला व्यवस्थापन, पार्किङ क्षेत्र निर्धारण तथा ट्राफिक प्रवाह सुधारका विषयमा समेत सुझाव संकलन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने तयारी गरिएको छ। सो प्रतिवेदनका आधारमा महानगरले चरणबद्ध रूपमा सुधारात्मक कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ।

0 Comments