१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिल्क ग्रुपद्वारा ई-कमर्स प्लेटफर्म ‘चाइना बजार’ सञ्चालन, छिट्टै आईपीओमा जाने घोषणा

अ+ अ-

काठमाडौँ । सिल्क ग्रुपले व्यवसाय विविधीकरण रणनीतिअन्तर्गत ‘चाइना बजार’ नामक नयाँ ई-कमर्स प्लेटफर्म औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले एक विशेष कार्यक्रमको आयोजना गरी चाइना बजार ई–कमर्स प्लेटफर्म सञ्चालनमा ल्याएको जानकारी दिएको हो । चाईना बजारले प्रारम्भिक चरणमा व्यवसायदेखि–ग्राहक (बिटुसी) मोडलमार्फत सेवा शुरु गरेको सिल्क ग्रुपको अध्यक्ष रमेश शेर्पाले जानकारी दिए ।

उनले ‘चाइना बजार’सँगै कम्पनीले पहिलो अफलाइन रिटेल स्टोर पनि सञ्चालनमा ल्याएको बताए । उनकाअनुसार ग्वार्खोस्थित टुलिप होटल परिसरभित्र सञ्चालनमा आएको उक्त स्टोरमा ग्राहकले सामान प्रत्यक्ष अवलोकन र अनुभव गर्न सक्नेछन् । कम्पनीले एक वर्षभित्र वीरगन्ज र भैरहवामा थप दुई वटा ‘एक्स्पेरियन्स स्टोर’ विस्तार गर्ने योजना बनाएको अध्यक्ष शेर्पाले जानकारी दिए । उनले आगामी दिनमा व्यवसायदेखि–व्यवसाय (बिटुबी) सेवा पनि देशभर विस्तार गर्ने बताए। ‘चाइना बजार’मार्फत साना तथा मझौला व्यापारीहरूले समेत प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाई छ । कम्पनीले ई–कमर्स प्लेटफर्मलाई देशव्यापी व्यापारिक सञ्जालका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । ‘चाइना बजार’ले नेपाली उपभोक्ताको दैनिक किनमेल गर्ने शैलीमा परिवर्तन ल्याउने उनको भनाई छ । सिल्क ग्रुपले आईपिओ जारी गर्ने तयारी गरेको जानकारी दिँदै अध्यक्ष शेर्पाले छिट्टै सर्वसाधारणको लागी आईपीओ जारी गर्ने घोषणा गरे ।

उनले भने, ‘सिल्क ग्रुपले व्यवसाय विविधीकरण गर्दै ई–कमर्स प्लेटफर्म चाइना बजार सञ्चालनमा ल्याएको छ । सुरुमा चाइना बजारले विटुसी अर्थात् व्यवसायबाट ग्राहकलाई सेवा दिन्छ । ई–कमर्स प्लेटफर्म चाइना बजारसँगै हामीले चाइना बजारको एक्स्पेरियन्स स्टोर पनि सञ्चालनमा ल्याएका छौँ । यो एक्स्पेरियन्स स्टोर अर्थात् अफलाइन रिटेल स्टोर हो । यसले ग्राहकलाई सामान प्रत्यक्ष हेर्ने र अनुभव लिने अवसर दिन्छ । हामी यसलाई बिस्तारै देशभरिका प्रमुख सहरमा खोल्दै जानेछौँ ।

पहिलो चरणमा हामी एक वर्षभित्र दुई सहर वीरगन्ज र भैरहवामा चाइना बजारको एक्स्पेरियन्स स्टोर खोल्दैछौँ । त्यसपछि हामी बिटुबी अर्थात् व्यवसायदेखि व्यवसायसम्मको सेवा पनि नेपालभर दिनेछौँ । चाइना बजारमार्फत साना व्यापारीहरूले पनि लाभ लिन सक्नेछन् । यस्तै हामी सिल्क ग्रुपलाई आईपीओमा लैजाने योजनामा छौँ ।’

चाइनाबजारमार्फत नेपाली उपभोक्ताले गुणस्तरीय सामान सरल, सही र पारदर्शी मूल्यमा खरिद गर्न पाउनेछन् । उद्योगदेखि उपभोक्ताको दैलोसम्म पुग्दा बीचमा पर्ने अतिरिक्त शुल्कको भार अब ग्राहकहरूलाई नपर्ने कम्पनीले जनाएको छ । चाइना बजारले आफै चीनका उत्पादनकर्ताबाट सामान खरिद गर्ने र कम्पनीकै गोदाममा भण्डारण गरी ग्राहकसम्म डेलिभरी गर्ने काम पनि आफैले गर्ने जनाएको छ ।

यसले डेलिभरी समय कम हुने, लागत घट्ने र मूल्यमा पारदर्शिता कायम रहने कम्पनीको दाबी छ । ‘इन्जोय योर सपिङ’ भन्ने नारासाथ सुरुमा चाइना बजारमा इलेक्ट्रोनिक्स, फेसन, लाइफस्टाइलका सामान एवं स्वास्थ्य तथा सौन्दर्य सामग्री उपलब्ध हुनेछन् । कम्पनीकाअनुसार ग्राहकले ईसेवा र खल्तीबाट भुक्तानी गर्न सक्नेछन् ।

0 Comments