२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो’ : मिराज ढुंगाना

अ+ अ-

काठमाडौँ । जेन जेड अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाएका छन् । 

बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले सरकारले सेनालाई सस्तो बनाउने काम गरेको आरोप लगाएका हुन्। 

उनले साना साना घटनाको नियन्त्रणमा पनि सेनाको प्रयोग गर्दा सेनाप्रति जनताको विश्वास गुम्ने बताए । सेनालाई बारम्बार आन्तरिक साना घटनामा परिचालन गरिएमा त्यसको दीर्घकालीन प्रभाव राष्ट्रिय सुरक्षामा पर्न सक्ने उनको भनाई छ । 

कप्तानगञ्जमा हालै भएको साम्प्रदायिक झडपमा प्रहरीले गोली चलाउनु र त्यसबाट उत्पन्न परिस्थिति नियन्त्रण गर्न सरकारले सेना परिचालना गर्नु दुवै गलत भएको बताए। उनले जेन जेड आन्दोलनबाट बनेको सरकारले समेत निहत्था युवामाथि गोली हानेको आरोप लगाए। 

द्वन्द्व नियन्त्रणका लागि प्रहरीले घातक हतियारको सट्टा नन–लिथल (प्राणघातक नभएका) उपकरण प्रयोग गर्नुपर्ने उनको भनाई छ । कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा ज्यान गुमाउने अधिकांश व्यक्ति युवा तथा जेन–जी उमेर समूहका रहेको उल्लेख गर्दै उनले जेन जेड आन्दोलन र पछिल्लो घटनामा फरक परिस्थिति भएपनि दुवैमा युवाले ज्यान गुमाएको र राज्यले गोली चलाएको उनको भनाई छ । उनले कप्तानगन्ज घटनाको जिम्मेवारी वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए । 

 उनले हालै भारतमा भएको सीजेपीको ठुलो आन्दोलनमा समेत प्रहरीले गोली नचलाएको उनको भनाई छ । तर नेपालमा भने  सानो झडपमै गोली चल्नु चिन्ताजनक भएको उनले बताए ।

उनले ढुंगानाले नेपाल बहुजातीय र सामाजिक रूपमा संवेदनशील मुलुक भएकाले द्वन्द्व व्यवस्थापनमा परिपक्व नीति आवश्यक रहेको उल्लेख गरे। सरकारलाई राष्ट्रियता, भौगोलिक अखण्डता र जनसुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा रणनीति अघि बढाउन उनले आग्रह गरे ।

उनले भने, ‘यत्रो आन्दोलनबाट आएको सरकारले यदि सिकेको छैन भने म सिक्नुस् आग्रह गर्न चाहन्छु । अबको द्वन्द्व नियन्त्रण गर्दा खेरी एसएलआर लिएर पुलिसलाई पठाउने होइन अथवा सस्तो तरिकामा सेनालाई जङ्गी अड्डाबाट बाहिर निकाल्ने होइन । सेनालाई यति सस्तो पारियो कि सानोदेखि सानो घटना पनि यदि जङ्गी अड्डाबाट सेना निस्किन्छ भने सेनाको जुन वर्चश्व आजको दिनसम्म कायम थियो त्यो भोलि रहँदैन । जुन बेला नेपाली जनताको विश्वास सेनाबाट हट्छ र त्यसपछि भएको द्वन्द्वमा अब द्वन्द्व गर्ने व्यक्तिहरूले सेनाको अथवा कसैको पनि सुन्ने वाला छैनन् । जुन दिन सेनाको सुनिँदैन, जुन दिन द्वन्द्व गर्ने मान्छेहरू सेनादेखि डराउँदैनन् त्यसपछि कस्तो नरसंहार होला भन्ने हामी आफैँ कल्पना गर्नसक्छौं । सायद अलिकति एक्सपिरियन्स भएको अलिकति दीर्घकालीन सोच भएको सरकार अथवा राज्य भएको भए जंगी अड्डाबाट सेनालाई यस्तो सस्तो हल्का फितलो तरिकामा निकाल्ने थिएन । तर क्षमता भएन कि विवेक भएन कि के भएन यो तरिकामा सेनालाई यदि सस्तो पारियो भने आउँदो दिनमा आएको कुनैपनि खालको चाहिँ द्वन्द्व जस्तो घटनामा धेरैको ज्यान जान्छ ।’

उनले सरकारलाई पेट्रोलियम पदार्थमा भइरहेको मिसावट रोक्न र मूल्य घटाउन पनि आग्रह गरे। उनले नेपालमा चीन विरोधी गतिविधि भइरहेको उल्लेख गर्दे सरकारको परराष्ट्र नीतिप्रति पनि प्रश्न उठाए । 

0 Comments