संघीयताको भुमरीमा रुमलिएको शिक्षक सरुवा : सिद्धान्त, अभ्यास, समस्या र समाधान
सन्दर्भ तथा पृष्ठभुमीनेपालको संविधान २०७२ ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गरेसँगै राज्य सञ्चालनको स्वरूपमा ऐतिहासिक परिवर्तन आयो। शासनको अधिकार र जिम्मेवारी संघ, प्रदेश र स्थानीय तहबीच बाँडफाँट भयो...