भाद्र कृष्ण अष्टमी: अँध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै
काठमाडौँ । कर्णाली र सुदूरपश्चिम प्रदेशवासीले उमा महेश्वरसहित दुबोको पूजा गरेर आज अँध्यारी गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइन्छ । चान्द्रमासअनुसार भाद्र महिनाअगावै अगस्त्य...