नेपाल-चीन डिजिटल स्वास्थ्य सहकार्य कार्यक्रम : डिजिटल नवप्रवर्तनले नेपालको स्वास्थ्य प्रणालीलाई सशक्त बनाउने
ग्वान्जाओ । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले भिडियो सन्देशमार्फत डिजिटल नवप्रवर्तनले नेपालको स्वास्थ्य प्रणालीलाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। नेपाली महावाणिज्यदूतावास, ग्वान्जाओले ग्वान्जाओको रिट्ज-कार्लटन होटलमा...