काठमाडौँ महानगरले जलनपीडितको दुई लाखसम्म निःशुल्क उपचार गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गका जलनपीडितलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्मको निःशुल्क उपचार उपलब्ध गराउने भएको छ। निःशुल्क उपचार सेवा सञ्चालनका लागि महानगरपालिकाले शुक्रबार जनस्वास्थ्य सरोकार ट्रस्टअन्तर्गत सञ्चालित कीर्तिपुर अस्पतालसँग...