ब्रेन ट्युमरका कारण अधिकृत धामीको निधन, गाउँपालिकाद्वारा शोक व्यक्त
काठमाडौँ। बैतडीस्थित सिगास गाउँपालिकामा कार्यरत अधिकृतस्तर छैटौँ तहका कर्मचारी टीका सिंह धामीको उपचारका क्रममा निधन भएको छ। आज (बुधबार) बिहान करिब ४:३० बजे काठमाडौँस्थित अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एन्ड अलाइड साइन्सेस...