धुलिखेल-सूर्यविनायक सडक : रोकिएको विस्तार कार्य सुरु
काठमाडौँ । वर्षाका कारण रोकिएको अरनिको राजमार्गअन्तर्गत सूर्यबिनायक-धुलिखेल सडक खण्डमा स्तरोन्नतिको काम पुनः सुरु गरिएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० स्थित जनागाल क्षेत्रमा ‘पिच’ गर्ने प्रक्रिया थालिएको आयोजनाले जनाएको छ...