प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीबारे उजुरीकर्ताको दाबी : ‘राज्यलाई करोडौँ आर्थिक क्षति पुगेको’ आरोप
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका मानबहादुर कार्कीविरुद्ध दर्ता भएको उजुरीमाथि संसदीय सुनुवाइ समितिले बुधबार उजुरीकर्ता भेषराज लुइँटेलसँग छलफल गरेको छ। सुनुवाइका क्रममा लुइँटेलले कार्कीको अघिल्लो कार्यकालसँग...