ग्यासको लाममा बन्धक बाल्यकाल: पाँच कक्षामा पढ्ने मनिष भन्छन्- ‘नेता फेरिए, हाम्रो पालो फेरिएन’
काठमाडौँ । एकातिर कक्षाकोठाको कालोपाटी, अर्कोतिर सडकको लाम । शनिवारदेखि खाली सिलिण्डर कुर्दैछन् कक्षा ५ का मनिष बस्नेत । काठमाडौँको एउटा साँघुरो गल्लीमा बिहानै उनी ग्यास पाइने आसमा लाइनमा छन्...