सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका
तनहुँ । बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका जुटेको छ। प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको सिद्धगुफाको प्रचारप्रसार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन गाउँपालिका लागिपरेको हो। पृथ्वीराजमार्गबाट २० मिनेट पैदलयात्रामार्फत...