२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेसलाई बाहिर राखेर निर्वाचनमा जान नहुने कमल थापाको भनाइ

अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा नयाँ संविधानअनुसार पार्टीको स्थानीय संरचनामा सङ्गठको विस्तार गर्नेबारे छलफल सुरु गरिएको छ ।
धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीवार पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा ३० केन्द्रीय सदस्यले सो विषयमा आआफ्नो धारणा र दृष्टिकोण राखेको नेता राजाराम श्रेष्ठले जानकारी दिए । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्थाका बारेमा पनि छलफल गरिएको छ ।

पार्टीका नेता ध्रुवबहादुर प्रधानले प्रस्तुत गरेको ‘स्थानीय निकाय निर्वाचन तयारी’ विषयको कार्यपत्रमा अधिकांश नेताले आगामी निर्वाचनका लागि गृहकार्य गर्न सुझाव दिएका थिए । अर्का नेता राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको ‘पार्टीको स्थानीय संरचना’का विषयको कार्यपत्रमाथि केही नेताले जनतामाझ पार्टीका कार्यक्रम सञ्चालन गर्नका लागि जनवर्गीय सङ्गठनलाई सक्रिय बनाउन सुझाव दिए ।

बैठकमा पार्टी अध्यक्ष थापाले मधेसकेन्द्रित दललाई विश्वासमा लिएर चुनावमा जानुपर्ने बताउँदै मधेसलाई बाहिर राखेर चुनावमा गएमा संविधान कार्यान्वयन जटिलता आउने विचार व्यक्त गर्नुभएको पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । रासस

0 Comments