२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायाधीशको पारिश्रमिकसम्बन्धी विधेयक स्वीकृत

अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका न्यायाधीश, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्बाट बहुमतले स्वीकृत भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले बेग्ला बेग्लै प्रस्तुत गर्नुभएको उक्त विधेयकसम्बन्धी प्रस्तावलाई सदनले बहुमतबाट स्वीकृत गरेको हो ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रेम सुवाल, रामनारायण बिंडारी, प्रतीक्षा तिवारी मुखिया, कृष्णभक्त पोखरेललगायतले विधेयकमा स्वतन्त्र न्यायालय र न्यायमूर्ति न्यायाधीशको गरिमालाई होच्याउने काम भएकाले त्यसलाई परिमार्जन र सुधार गर्र्नुपर्ने बताए ।

विधेयकलाई व्यापक गृहकार्य गरेर ल्याउनुपर्नेमा कर्मकाण्डी हिसाबले ल्याइएको भनी त्यसको विरोध गर्दै उनीहरुले अदालत र न्यायाधीशलाई दिइनुपर्ने आवश्यक सुरक्षाको पाटोमा पनि विधेयकमा राख्न आवश्यक रहेको बताए ।

जवाफमा मन्त्री नायकले विधेयकमाथि हुने दफावार छलफलमा विधेयकका बारेमा विस्तृत छलफल हुने भएकाले विधेकलाई अघि बढाउने सम्बन्धमा स्वीकृत प्रदान गर्न आग्रह गरेका थिए । रासस

0 Comments