२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेसवादी दलसँग सहमति गरेर निर्वाचनमा जान कांग्रेस नेताहरुको सुझाव

अ+ अ-

काठमाडौँ । प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका नेताहरुले मधेसवादी दलसँग सहमति गरेर मात्र स्थानीय तहको निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिवार आयोजित २ नं प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद र पार्टी जिल्ला सभापतिबीचको छलफलबाट यस्तो सुझाव आएको हो ।

केन्द्रीय सदस्य अजयकुमार चौरसियाले मधेसका समस्या समाधान गरेर मात्र निर्वाचनमा जान पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको बताए । समस्या समाधान गर्न एमाले लचक नभएको र मधेसवादी दल आफूले उठाएका विषय टुङ्गो नलागी निर्वाचनमा नजाने अडानबाट बीचको बाटो निकालेर स्थानीय तहको निर्वाचन गरिनुपर्नेमा उनले जोड दिए ।

अहिलेकै अवस्थामा २ नं प्रदेशमा निर्वाचन गरिए जनधनको क्षति हुनेतर्फ आठवटा जिल्लाका पार्टी सभापतिले नेतृत्वलाई जानकारी गराएका छन् । प्रदेशका जनता र मधेसवादी दलका नेता पनि निर्वाचनका लागि सकारात्मक रहेकाले छिटो सहमति गरी निर्वाचनको वातावरण बनाइनुपर्ने धेरैको माग रहेको सर्लाहीका पार्टी सभापति नागेन्द्रकुमार रायले बताए ।

छलफलमा महोत्तरीका सभापति महेन्द्रकुमार राय, पर्साका अजय द्विवेदी, रौतहटका कृष्ण यादव, धनुषाका रामसरोज यादव, सप्तरीका दिनेश यादव, बाराका जयचन्द्र चौरसिया, सिराहाका सभापति रामचन्द्र यादव, केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, सांसद सुरेन्द्र चौधरीलगायतले २ नं प्रदेशका गाउँपालिका र नगरपालिकाको निर्वाचन यथास्थितिमा गर्न नसकिने भएकाले निर्वाचनको वातावरण बनाउन सहमति गरिनुपर्नेमा जोड दिएका थिए ।

बैठकको सुरुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवम् केन्द्रीय सदस्य रमेश लेखकले सहमतिका लागि मधेसवादी दलकै सहमतिमा संशोधन प्रस्तावलाई परिमार्जन गरी व्यवस्थापिका–संसद्मा दर्ता गरिएको जानकारी गराएका थिए ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि, कोषाध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवलगायतले २ नं प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरुको विचार सुनेका थिए ।रासस

0 Comments