२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

द्वन्द्वपीडितले पाउने रकम एमाले नेताले लिएको खुलासा

अ+ अ-

खोटाङ । खोटाङका एक द्वन्द्वपीडित परिवारलाई राज्यले उपलब्ध गराएको राहत रकम स्थानीय एक नेताले झुक्याएर आफूले लिएको खुलासा भएको छ ।

माओवादी सशस्त्र द्वन्द्वको समयमा १३ वर्षअघि हत्या गरिएका जन्तेढुङ्गा गाउँपालिका–४ का लालबहादुर तामाङकी श्रीमती जमुना राई (तामाङ)ले राज्यबाट प्राप्त गरेको पाँख लाख रकममध्ये चार लाख ३० हजार रकम नेकपा (एमाले)का स्थानीय नेता विदुर राईले लिएको खुलासा भएको हो ।

लालबहादुर तामाङकी श्रीमती जमुना राई (तामाङ)ले राज्यबाट प्राप्त गरेको पाँख लाख रकममध्ये चार लाख ३० हजार रकम नेकपा (एमाले)का स्थानीय नेता विदुर राईले लिएको खुलासा भएको हो ।

द्वन्द्वका क्रममा २०६० साल चैत २५ गते राति हत्या गरिएका तामाङ परिवारले जिल्लाका दलहरुबीचको विवादका कारण दश वर्ष ढिला गरी राहत पाएपनि राईले झुक्याएर चलाइदिएको पीडित जमुनाले गुनासो गरिन् । “म अनपढ र गाउँकी एक्ली महिला भएकाले सहयोगका लागि उहाँलाई साथ लिएको थिएँ ।” उनले भने, “उहाँले मेरो सोझोपनको फाइदा उठाउँदै पीडामाथि पीडा थपिदिनुभयो ।”

राहतका लागि राष्ट्रिय वाणिज्य बैंकमा शून्य खातामा खोलिएको खाता नम्बर २६७१४ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जम्मा भएको रकम छक्याएर बिदुर आफैँले चलाएको जमुनाको गुनासो छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्राप्त पहिलो किस्ता रकम एक लाखमध्ये  ५० हजार र दोस्रो किस्ता दुई लाखमध्ये २० हजार मात्र हात परेको पीडित जमुनाले जानकारी दिइन् ।

तेस्रो किस्ताबापत प्राप्त दुई लाख रकमबाट भने एक पैसा पनि नपाएको जमुनाले सोमबार जिल्ला प्रशासनमा दिएको निवेदनमा उल्लेख गरिएको छ ।

अनपढ र सोझो भएकाले चेकमा ल्याप्चे हाल्न लगाएर छक्याउँदै चलाइदिएकाले फिर्ता पाउनका लागि प्रशासन, शान्ति समिति र मानव अधिकार आयोगलाई गुहार्नु परेको जमुनाले बताइन् ।

सर्वदलीय बैठक राखेर राहत रकम फिर्ता पाउनका लागि निवेदन दिएपछि सोमबार स्थानीय शान्ति समितिको कार्यालयमा बसेको बैठकले आवश्यक अनुसन्धान गर्न र नियमअनुसार कारबाही गर्न प्रशासनलाई आग्रह गर्ने निर्णय गरेको छ । रासस

0 Comments