२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलहरूको आकलन : कांग्रेसले १०० सिट र एमालेले ८७ सिट जित्ने दाबी, माओवादी गृहकार्यमा

अ+ अ-

काठमाडौं । निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले जित(हारको चुनावी आकलन गर्न सुरु गरेका छन् । कांग्रेसले १०० सिट कटाउने दाबी गरेको छ । एमालेले ८७ सिट जित्ने दाबी गरेको छ । यता माओवादी केन्द्र भने आन्तरिक रिपोर्ट पर्खंदै छ ।

कांग्रेसको आन्तरिक सर्वेक्षणले सयभन्दा बढी सिटमा जित हुने देखाएको छ । ६० स्थानमा जित सुनिश्चित रहेको र मिहिनेत गर्दा थप ५० स्थानमा पनि जितिने सर्वेक्षणले देखाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । ‘प्रत्यक्षतर्फ कम्तीमा सय स्थानमा जित्ने देखिएको छ,’ तथ्यांक संकलन समितिका संयोजकसमेत रहेका मुख्यसचिव पौडेलले भने, ‘६० स्थानमा जित पक्का रहेको र बाँकी ५० स्थानमा प्रयास गरे जित्न सक्ने देखिएको छ ।’ १६५ क्षेत्रमध्ये कांग्रेसले राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग चार–चार तथा नयाँ शक्ति र संघीय समाजवादी फोरमसँग एक–एक स्थानमा तालमेल गरेको छ ।

एमालेले उम्मेदवारी दिएका मध्ये ९० प्रतिशत स्थानमा जित्ने बताएको छ । ९६ स्थानमा उम्मेदवारी दिएको एमालेको दाबी सही भएमा उसले ८७ सिट जित्नेछ । पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले उम्मेदवारी दिएका स्थानको ९० प्रतिशत जित्ने गरी रणनीति बनाएर पार्टी अघि बढिरहेको बताए । ‘प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ९० प्रतिशत स्थानमा हाम्रो पक्षमा नतिजा आउँछ,’ श्रेष्ठले भने, ‘हामी त्यसभन्दा बढी कसरी जितिन्छ भन्ने रणनीति बनाउन व्यस्त छौँ ।’ वाम गठबन्धनका माओवादीले ६२ स्थान उम्मेदवारी दिएको छ भने सात स्थान साना दल र स्वतन्त्रले लिएका छन् ।

माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले कति स्थानमा जित्छ भन्ने आकलन गरिनसकेको जनाएको छ । प्रवक्ता पम्फा भुसालले टिकट लिएर उम्मेदवारी दर्ता गरेका नेताहरू नफर्किएकाले वस्तुस्थिति पार्टीले बुझ्न नपाएको बताइन् । ‘अहिलेसम्म कति स्थानमा जितिन्छ भन्ने आकलन गरिसकेका छैनौँ,’ भुसालले भनिन्, ‘टिकट लिएर उम्मेदवारी दर्ता गर्न गएका साथीहरू फर्कनुभएको छैन । उहाँहरू एकपटक फर्केपछि वस्तुस्थिति बुझेर आकलन गर्छौँ ।’ एमालेसँग संयुक्त घोषणापत्र नै जारी गरेर चुनावी अभियानमा लागेको माओवादीले प्रतिनिधिसभामा ६२ स्थानमा उम्मेदवारी दिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments