२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यान्सरको उपचार धनी र गरिबलाई एउटै

अ+ अ-

काठमाडौं । क्यान्सरका बिरामीको उपचारमा एकरूपता ल्याउन सरकारले क्यान्सर कार्यविधि लागू गरेको छ । उपचारमा एकरूपता नभएपछि सरकारले एकै प्रकारको उपचार विधि अपनाउन क्यान्सर उपचार प्रोटोकल (कार्यविधि) लागू गरेको हो ।

केही दिनअघि मात्रै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले देशभरका अस्पतालमा कार्यविधि पठाएको छ । विभागका निर्देशक डा। भीमसिंह तिंकरीले देशभरका अस्पतालमा क्यान्सरको उपचारमा एकरूपता ल्याउन तयार गरेको क्यान्सर उपचार कार्यविधि पठाइएको बताए । उनका अनुसार उक्त कार्यविधिले गरिब, विपन्न वर्गका बिरामीलाई ठूलो राहत पुग्नेछ । अब क्यान्सरका बिरामीको उपचार गर्दा चिकित्सकहरूले आफूअनुकूल औषधि चलाउन पाउनेछैनन् । तिंकरीले भने, ‘स्वास्थ्य मन्त्रालयले सबै अस्पतालमा क्यान्सरको उपचारमा एकरूपता ल्याउन क्यान्सर उपचार कार्यविधि लागू भएसँगै बिरामीले सस्तोमा एकै प्रकारको उपचार सेवा पाउनेछन् ।’

तिंकरीका अनुसार अब क्यान्सर उपचार हुने सबै अस्पतालमा बिरामीले विगतमा जस्तो एकैपटक महँगो शल्यक्रिया, औषधि र रेडियोथेरापी लिनुपर्दैन । बिरामीले जुन अस्पताल गए पनि एकै प्रकारको क्यान्सर रोगको उपचार पाउनेछन् । कार्यविधिमा स्तन, पाठेघर, रगत, फोक्सोलगायत १३ थरीको क्यान्सरका बिरामीले जुन अस्पतालमा गए पनि एक लाखबराबरको एकै खालको उपचार सेवा पाउने उल्लेख छ । ‘उपचार कार्यविधि लागू भएसँगै गुणस्तरीय र सस्तो औषधि प्रदान गर्नुका साथै सबै बिरामीलाई एकै प्रकारको उपचार सेवा दिनुपर्ने स्पष्ट व्याख्या गरिएको छ,’ तिंकरीले भने, ‘आफूखुसी बिरामीलाई उपचार गर्दा अत्यधिक महँगो पर्न गयो । क्यान्सरका बिरामीको उपचारमा १० हजार लाग्ने ठाउँमा ५० हजारसम्म लिएको पाएपछि कार्यविधिको आवश्यक परेको हो ।’ उनले उपचारका नाममा हुने ब्रह्मलुट रोक्न क्यान्सर उपचार कार्यविधि अभिन्न अंग भएको जिकिर पनि गरे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments