२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली वैज्ञानिकको अनुसन्धान सर्वोत्कृष्ट

अ+ अ-

काठमाडौं । संयुक्त राज्य अमेरिकामा हालै सम्पन्न छैटौं अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाली वैज्ञानिकको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको छ । क्यालिफोर्नियाको सान डिगोमा भएको सम्मेलनमा नेपाली युवा वैज्ञानिक रवीन ढकालले प्रस्तुत गरेको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको हो । सम्मेलनमा संसारभरका पाँच सयभन्दा बढी वैज्ञानिकले अनुसन्धानपत्र प्रस्तुत गरेका थिए ।

ढकालको नेतृत्वमा वैज्ञानिक समूहले कम उचाइबाट समेत जलविद्युत् उत्पादन गर्न सकिने नयाँ प्रविधि विकाससम्बन्धी अनुसन्धानपत्र तयार पारेको थियो । सोही अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको हो । हालसम्म पहाडी क्षेत्रमा अग्लो स्थानबाट पानी खसाएर जलविद्युत् उत्पादन हुँदै आएको छ । ढकाल नेतृत्वको समूहले भने कम उचाइबाट समेत पानी खसाएर विद्युत् उत्पादन गर्न सकिने प्रविधि विकास गरेको हो । उनीहरूले आफूले विकास गरेको प्रविधिसम्बन्धी अनुसन्धानपत्र सम्मेलनमा प्रस्तुत गरेका थिए ।

पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका डिन त्रिरत्न बज्राचार्यको संयोजकत्वमा ढकाल र उनको समूहले सन् २०१२ देखि नै कम उचाइमा कसरी जलविद्युत् उत्पादन गर्न सकिन्छ भनेर अनुसन्धान गर्दै आएको थियो । उनीहरूले गरेको अनुसन्धानले ‘वाटर भर्टेक्स पावर प्लान्ट’ बाट कम उचाइमा समेत विद्युत् उत्पादन गर्न सकिने प्रमाणित गरेको छ । त्यसैका आधारमा ढकाल समूहको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको डिन बज्राचार्यले बताए । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments