२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेसी रिझाउँदै कांग्रेस

अ+ अ-

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, संघीय समाजवादी फोरम र राजपाबीच तालमेल हुने भएको छ । उम्मेदवारी मनोनयनअघि नै तालमेलको टुंगो लगाउने गरी तीनै दल शनिबारबाटै गृहकार्यमा जुटेका छन् । माघ २४ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले सोमबारसम्म उम्मेदवारी टुंगो लगाउने तयारी रहेको कांग्रेस नेताहरूले बताएका छन् । बालुवाटारमा शनिबार बसेको तीन दल बैठकमा कांग्रेस नेता डा। मीनेन्द्र रिजालले ५६ सिटका लागि हुने निर्वाचनमा वाम गठबन्धन ४२, कांग्रेस १० र फोरम–राजपाले ४ सिट जित्ने तथ्यांक प्रस्तुत गरेका थिए ।

उनले चुनावी रणनीतिलाई बुद्धिमत्तापूर्ण रूपमा प्रयोग गरिए प्रदेश ३ मा कांग्रेसले विवेकशील र राप्रपासँग तालमेलबाट दुई सिट थप्न सक्ने र प्रदेश २ मा फोरम–राजपालाई एक सिट बढी आउने तथ्यांक देखाएका थिए । फोरम–राजपाका प्रतिनिधिले भने आफूहरूले स्वतः जित्ने चार सिटका लागि तालमेल आवश्यक नभएकाले पाँच सिटमा मात्र तालमेल गर्नसक्ने अडान राखेका थिए ।

चुनावी सहकार्यका विषयमा भएको छलफलले सोमबारसम्म अन्तिम रूप पाउने कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले बताए । राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनलगायत विषयमा तीन दलबीच प्रारम्भिक कुराकानी भएको उनले जानकारी दिए । ‘प्रदेश २ र अन्य प्रदेशमा के–कसो गर्ने भन्ने अनुमानित तथ्यांकमा गृहकार्य अघि बढेको हो । आइतबार एजेन्डागत रूपमा छलफल हुनेछ’, उनले भने।

मिलेर चुनाव लड्दा प्रदेश २ मा धेरै सिट हासिल गर्न सकिने निष्कर्षसहित आइतबार निर्णायक वार्ता गर्न लागिएको फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । ‘मुलुकको विद्यमान राजनीतिक र राष्ट्रियसभा चुनावको विषयमा सामान्य छलफल भए पनि टुंगो लागेको छैन । आ–आफ्नो दलमा परामर्श गरी आइतबार पुनः बस्ने निर्णय भएको छ’, श्रेष्ठले भने । राजपा महासचिव केशव झाले बैठक सकारात्मक भएको टिप्पणी गरे । ‘राष्ट्रियसभामा मधेसी र कांग्रेसबीच चुनावी एकता निकट छ’, उनले भने ।

प्रदेश प्रमुख नियुक्तिमा प्रधानमन्त्री शेरबहादुर देउवा केही उदार देखिएको र प्रदेश २ मा आफ्ना मागप्रति कांग्रेस लचक देखिएकाले राष्ट्रियसभामा कांग्रेससँगै तालमेल हुने फोरमका एक नेता बताउँछन् । कांग्रेसले प्रारम्भमा प्रदेश २ मा मात्र भने पनि पछि प्रदेश ५ को प्रमुख मधेसी दलकै सिफारिसमा दिनु सकारात्मक उपलब्धि रहेको उनले बताए ।

वाम गठबन्धनले पनि राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ का ६ सिटमा फोरम–राजपासँग तालमेल गर्न चाहेको छ । यस प्रकारको वार्ता राजपाका नेता राजेन्द्र महतोमार्फत भइरहेको स्रोतले जनाएको छ । प्रदेश २ बाहेक १, ५ र ७ मा पनि मधेसी गठबन्धनमा आबद्ध दुई दलका केही मत रहेकाले यस्ता मतले उनीहरू आफैंले कुनै सिट नजिते पनि कांग्रेसलाई केही सिट दिलाउन सक्ने भएकाले फोरम–राजपालाई प्रदेश प्रमुख दिएर खुसी पारेको दाबी कांग्रेसका नेताहरूको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments