२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरलता अभाव : बज्न थाल्यो खतराको घन्टी

अ+ अ-

काठमाडौं । राष्ट्र बैंकका कार्यवाहक गर्भनर चिन्तामणि शिवाकोटीले बैंकको कर्जा, पुँजी र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९.९ प्रतिशत पुगेको बताएका छन् । वाणिज्य बैंकहरूको सीसीडी रेसियो अन्तिम विन्दुमा पुगेकाले अर्थतन्त्रमा चुनौती थपिएको छ । बैंकहरूको ध्यान निक्षेप संकलनभन्दा कर्जा प्रवाहमा केन्द्रित भएकाले पनि यस्तो अवस्था आएको हो । ‘कतिपय बैंकको सीसीडी रेसियो राष्ट्र बैंकले गरेको व्यवस्थाभन्दा माथि पुग्न लागेको छु, उनले भने ‘ राष्ट्र बैंकले गरेको व्यवस्थाभन्दा बढी कर्जा प्रवाह गर्दा कतिपय बैंकलाई कारबाही गर्नु पर्ने अवस्था आएको छ ।’ राष्ट्र बैंकले कुल निक्षेपको ८० प्रतिशतमात्र कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ ।

यस वर्षको पहिलो ६ महिनामा रेमिट्यान्स वृद्धि दर नकरात्मक छ । शोधनान्तर बचत घाटामा हुनका साथै व्यापार घाटा चुलिएको छ । शिवाकोटीले भने ‘अर्थतन्त्रका परिसूचक खासै राम्रो अवस्थामा नभएकाले देश गम्भीर आर्थिक मोडमा हिँडिरहेको छ ।’ अहिले अर्थतन्त्र मध्यमार्गी बाटोबाट हिँडिरहेको छ । अर्थतन्त्र सुदृढ भइसकेको अवस्था छैन । पहिलो ६ महिनामा चार खर्ब ३१ अर्बका वस्तु तथा सेवा आयात भएका छन् भने ३४ अर्बको मात्र निर्यात भएको छ । उनले भने, ‘निर्यात प्रवद्र्धन र आयात निरुत्साहित नगरेसम्म हामी सहज अवस्थामा जान सक्दैनौं ।’ यसका लागि बैंकले कृषि, पर्यटन, पूर्वाधार निर्माण र जलस्रोतमा लगानी गर्नुपर्छ ।’

पुससमान्तसम्म बैंक तथा वित्तीय संस्थाले २२ खर्बभन्दा बढी निक्षेप संकलन गरेर १९ खर्ब ५० अब कर्जा प्रवाह भएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए। ‘हाल बैंकहरूको सीसीडी रेसियो ७८.७९ प्रतिशतसम्म छ’, उनले भने, ‘हामी कर्जा लगानी गर्न सक्ने अवस्थामा छैनौं ।’ बैंकहरूले पहिला प्रतिबद्धता जनाएका कर्जा समेत दिन नसकेको बताउँदै आएका छन् ।

गत पुससम्म बैंकहरूले २२ खर्ब १४ अर्ब निक्षेप संकलन गरी १९ खर्ब २२ अर्ब कर्जा प्रवाह गरेका थिए । तर, माघ १० गतेसम्म निक्षेप घटेर २२ खर्ब ९ अर्बमा खुम्चिएको छ भने कर्जा प्रवाह तीन अर्बले बढेर १९ खर्ब २५ अर्ब पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंक ५३ औं वर्षमा प्रवेश गरेको अवसरमा बुधबार आयोजित कार्यक्रममा अर्थ मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले दु्रत आर्थिक विकास अवको लक्ष्य भएको बताए । ‘बैंक सरकारी स्वामित्वको भएकाले सरकारले लागू गरेका कार्यक्रमलाई सफल बनाउनु यसको दायित्व भएको उनले बताए । ‘वाणिज्य बैंकलाई नयाँ पुस्ताको आकर्षकको केन्द्र बनाउन यसको कार्यप्रणालीमा सुधार गर्नुपर्छ’,उनले भने, ‘अग्रगामी बैंकको भूमिका स्थापित गर्नुपर्छ ।’

कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पुसमसान्तसम्म बैंकले एक खर्ब ४९ अर्ब निक्षेप संकलन गरी एक अर्ब १० अर्ब लगानी गरेको बताए। बैंकले यस वर्षको पहिलो ६ महिनामा एक अर्ब ७५ करोड खुद नाफा गरेको पनि उनले बताए । यस वर्ष बैंकले गरेको नाफा गत आवको सोही अवधिभन्दा ४५ करोड बढी हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments